हेटौंडामा खैरो हेरोइनसहित ७ जना पक्राउ

मकवानपुर, १२ पुस ।
मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेको छ । बिहीबार राती ९ बजेको समयमा हेटौँडा–१७, हटियाबाट २ जना र बिहीबार दिउँसो ३ बजेको समयमा हेटौँडा–२, पुरानो मकवानपुररोडबाट ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

हेटौँडा–१७, हटिया दाबिलेबाट खैरो हेरोइन २ ग्राम ५४० मिलिग्रामसहित ३२ वर्षीय विदन कुमार भुजेल र बारा जिल्लाको विश्रामपुर गाउँपालिका–८, नकाटुवा टोलका २१ वर्षीय शेख आजादलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै खैरो हेरोइन ४ ग्रामसहित हेटौंडा–२, पुरानो मकवानपुररोडस्थित शिशिर राजथलाको घरबाट ३१ वर्षीय शिशिर राजथला, ३० वर्षीय निरन श्रेष्ठ, ३५ वर्षीय सुदीप भुर्तेल, हेटौँडा–४ का ३० वर्षीय असिमकुमार बर्तौला र हेटौँडा–१ का ३० वर्षीय ओम साहलाई प्रहरीले पक्राउ गरेको छ ।

सातै जनालाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर हिरासतमै राखी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट