हेटौंडामा खैरो हेरोइनसहित ७ जना पक्राउ
मकवानपुर, १२ पुस । मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेको छ । बिहीबार राती ९ बजेको समयमा हेटौँडा–१७, हटियाबाट २ जना र बिहीबार दिउँसो ३ बजेको समयमा हेटौँडा–२, पुरानो मकवानपुररोडबाट ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । हेटौँडा–१७, हटिया दाबिलेबाट खैरो हेरोइन २ ग्राम ५४० मिलिग्रामसहित ३२ […]
भरतपुरमा `मेरो पहिलो रक्तदान’ कार्यक्रम हुँदै

चितवन, १२ पुस । भरतपुर अस्पताल परिसरमा पुस १९ गते बिहान ८ बजे “मेरो पहिलो रक्तदान” कार्यक्रम आयोजना हुने भएको छ । मिसन रेड अभियान अन्तर्गत जनस्वास्थ्य कार्यालय, चितवनको सह आयोजना र भरतपुर अस्पतालको सहकार्यमा यो अभियान आयोजना हुन लागेको हो। यस कार्यक्रमको मुख्य उद्देश्य कहिल्यै रक्तदान नगरेका व्यक्तिहरूलाई रक्तदान गर्न प्रेरित गर्नु रहेको आयोजकले […]
भृकुटीमण्डपमा दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी हुने

काठमाडौं, १२ पुस । पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो । महासङ्घ र करेन्ट मिडिया दुबै संस्थाद्वारा […]
राष्ट्रभक्ति गीत `भृकुटी तारा´ सार्वजनिक

काठमाडौं, ११ पुस । गायक मातृका आचार्यको आवाजमा राष्ट्रभक्ति गीत `भृकुटी तारा´ सार्वजनिक भएको छ । गीतकार वन्दना दाहाल `सामना´ ले रचना गर्नुभएको यस गीतलाई मिर्मिरे नेपाल युट्युब च्यानलले बजारमा ल्याएको छ । गीतमा हिमाल, पहाड र तराईका विशेषताहरुलाई समेटिएको छ । गीतले जनक, भृकुटी, बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने प्रष्ट पारेको छ । नेपाली […]
बागमती प्रदेशद्वारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० करोड रुपैयाँ बजेट

मकवानपुर, १२ पुस । बागमती प्रदेश सरकारले चितवनमा निर्माण भइरहेकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि १० करोड रुपैयाँ बजेट दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशाला निर्माणका लागि वार्षिक बजेट कार्यक्रममा समावेश भए अनुसार १० करोड रुपैयाँ बजेटकाे अख्तियारी दिने निर्णय गरेको हाे । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा […]
बागमतीमा ११ वटा प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त

मकवानपुर, १२ पुस । बागमती प्रदेश अन्तरगतका ११ जिल्लाका प्रादेशिक अस्पतालमा अध्यक्ष नियुक्त गरिएको छ । बागमती प्रदेश सरकारकाे स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ११ जिल्लाको प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेको हो । प्रदेशको स्वास्थ्य मन्त्रालयले गत मङ्सिर २७, पुस ७ र ९ गतेको निर्णयानुसार ११ जिल्लाको प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेको मन्त्रालयले जनाएकाे छ […]