भृकुटीमण्डपमा दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी हुने

काठमाडौं, १२ पुस ।
पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो ।

महासङ्घ र करेन्ट मिडिया दुबै संस्थाद्वारा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई निरन्तरता दिँदै यही पुस १७ गते देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
‘चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकतालाई आत्मसात गरी प्रर्दशनी आयोजना गर्न लागेको महासंघका अध्यक्ष शिवसागर शर्माले बताएका छन् ।

पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारतसहितका अधिकांश देश र अन्य देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू हुनुका साथै देश तथा विदेशका एक सय पचास भन्दा बढी प्रकाशक तथा उत्पादकहरूको जमघट हुने महासचिव बिष्णुप्रसाद पौडेलले बताए । उनले भने ‘प्रर्दशनीमा पुस्तकका साथै नेपालसहित विश्वका विभिन्न देशमा उत्पादित शैक्षिक सामग्री प्रदर्शनमा राखिने छ ।’

प्रदर्शनीमा नेपालबाट मात्र नभई दक्षिण एसियाली क्षेत्रका धेरै राष्ट्रहरू र चीनको समेत महत्वपूर्ण सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको अवलोकन, आयात, निर्यात जस्ता कुरामा सहज वातावरण बन्ने र विभिन्न देशका उत्पादकबिच आपसी सहकार्यकाे वातावरण बनाउन सहयोग पुग्ने अध्यक्ष शर्माले बताएका छन् । `महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबिच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौं´ अध्यक्ष शर्माले बताए ।

‘महोत्सव राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवाला निकाय, सङ्घ संस्था र व्यावसायिक प्रतिष्ठानहरूका लागि उपयुक्त सल्लाह, सुझाव उपलब्ध गराउने स्थल बन्ने विश्वास लिएका छौँ । महोत्सवमा नेपाल तथा अन्य देशका समेत शैक्षिक, आर्थिक, सामाजिक तथा विभिन्न बिषय र क्षेत्रका विज्ञहरू बिच छलफल , बहस र अन्तरक्रियासमेत गरिने भएकाले सबैका लागि उपलब्धिमूलक बन्ने छ ।’, प्रचारप्रसार समितिका सह सयोजक पुरुषोत्तम दाहालले बताए । उनले प्रदर्शनीमा देशभरबाट पुस्तक तथा शैक्षिक सामग्रीसँग जोडिएका २ हजार भन्दा बढी व्यवसायी र विदेशबाट एक सयभन्दा बढी पाहुनाहरु आउनुका साथै एक दर्जन भन्द बढी देशका प्रकाशकहरूले प्रर्दशनीमा सहभागिता जनाउने बताए

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट