गैंडाकोटमा वि-डिभिजन स्नुकर प्रतियोगिता हुने

गैंडाकोट, ११ पुस ।
जिल्लामै पहिलोपटक गैंडाकोटमा वि-डिभिजन स्नुकर प्रतियोगिता हुने भएको छ ।

गैंडाकोट स्नुकर हाउसको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । पहिलो चरणमा ५० खेल हुने अनुमान गरिएको उक्त प्रतियोगिता गैंडाकोट ४ मा रहेको किसान मार्ट परिसरमा पुस १३ गतेदेखि सञ्चालन हुने जानकारी आयोजक गैंडाकोट स्नुकर हाउसका सञ्चालक गौरव प्रताप गुरुङले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र हाई स्नकोर ब्रेकरले क्रमश २५ हजार, १५ हजार, ३ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । रु १ हजार दर्ता शुल्क तोकिएको प्रतियोगिताका लागि प्रतियोगीले १२ गतेसम्म खेल दर्ता गर्नुपर्नेछ । प्रतियोगिता पुस १५ गते सोमबार समापन हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट