गैंडाकोटमा वि-डिभिजन स्नुकर प्रतियोगिता हुने

गैंडाकोट, ११ पुस । जिल्लामै पहिलोपटक गैंडाकोटमा वि-डिभिजन स्नुकर प्रतियोगिता हुने भएको छ । गैंडाकोट स्नुकर हाउसको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । पहिलो चरणमा ५० खेल हुने अनुमान गरिएको उक्त प्रतियोगिता गैंडाकोट ४ मा रहेको किसान मार्ट परिसरमा पुस १३ गतेदेखि सञ्चालन हुने जानकारी आयोजक गैंडाकोट स्नुकर हाउसका सञ्चालक गौरव प्रताप गुरुङले बताए […]

सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु

चितवन, ११ पुस । नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव उद्घाटन गर्नुभएको छ । सिंहले उद्घाटन गरेसँगै सौराहामा हात्ती महोत्सव सुरु भएको छ । जिल्लाको पर्यटन विकास गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ चितवन सौराहाले महोत्सवको आयोजना गरेको हो । सो अवसरमा उपप्रधानमन्त्री सिंहले पशु अधिकारको नाममा […]

मेघौलीमा शुक्रबारदेखि रैथाने खाना महाेत्सव हुँदै

चितवन, ११ पुस । भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकाेत्सवका अवसरमा राष्ट्रिय खाना महाेत्सव आयाेजना गरिने भएकाे छ । यहि पुस १२ गतेदेखि १६ गतेसम्म पश्चिम चितवनकाे मेघाैलीमा खाना महाेत्सव गर्न लागिएकाे हाे । मेघाैलीकाे जानकी माध्यमिक विद्यालयमा आयाेजना गर्न लागिएकाे महाेत्सवमा स्थानीय खानाका ५० वटा स्टलहरु रहने संयाेजक मायाराम चाैधरीले जानकारी दिनुभयाे । महोत्सव […]

चिसाप कृष्ण-कृष्णा साहित्य पुरस्कार प्रभातको `अलिकति फरक कुरा´ लाई

भरतपुर, १० पुस । चितवन साहित्य परिषद्ले लेखनाथ जयन्तीका अवसरमा दिँदै आएको `चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार २०८०´ समालोचक रमेश प्रभातको कृति `अलिकति फरक कुरा´लाई प्रदान गर्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर – १५ मङ्गलपुर निवासी प्रभात ४० को दशकदेखि हाइकू, गजल, कविता तथा समालाेचना विधामा कलम चलाएर याेगदान पुर्‍याउँदै आएका छन् । चिसापका […]