चिसाप कृष्ण-कृष्णा साहित्य पुरस्कार प्रभातको `अलिकति फरक कुरा´ लाई

भरतपुर, १० पुस ।
चितवन साहित्य परिषद्ले लेखनाथ जयन्तीका अवसरमा दिँदै आएको `चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार २०८०´ समालोचक रमेश प्रभातको कृति `अलिकति फरक कुरा´लाई प्रदान गर्ने भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर – १५ मङ्गलपुर निवासी प्रभात ४० को दशकदेखि हाइकू, गजल, कविता तथा समालाेचना विधामा कलम चलाएर याेगदान पुर्‍याउँदै आएका छन् । चिसापका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रभातकाे निसमालाेचनात्मक कृति `अलिकति फरक कुरा´लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि १५ हजार ४५ रुपैयाँ र प्रमाणपत्र छ । पुस १५ गते चिसाप भवनमा कार्यक्रम आयोजना गरी स्रस्टालाई पुरस्कृत गरिने चिसाप सचिव शान्ति शर्माले बताइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट