भरतपुर, ९ पुस ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले पत्रकार महासंघ चितवनका दुई सदस्यको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।
अर्बुद रोगका कारण उपचार गराइरहेका पत्रकारद्वय भूपराज पाठक र संगीता बानियाको उपचारका लागि पौडेलले आर्थिक सहयोग गर्नुभएको हो । मंगलबार पौडेलले उपचार कोषमा बाइस हजार दुई सय बाइस रुपैयाँ सहयोग गर्नुभयो ।
क्यान्सर रोग लागेकी आमाले रोगलाई जितेसँगै पौडेलले क्यान्सरका बिरामीको उपचारमा सहयोग गर्दै आउनु भएको छ । सोही अनुसार पत्रकारहरु बिरामी भएको थाहा पाएर सहयोग गरेको उहाँले बताउनुभयो ।





