प्राकृतिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड

मकवानपुर, ९ पुस । जलवायु कार्यको स्थानीयकरण : सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोणबारे प्रदेशस्तरीय संवाद कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बामगती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनलाई औपचारिकतामा मात्रै सिमित गरिन नहुने बताए । ‘ईआईए रिपोर्ट छ वा छैन भन्ने मात्र हेरिन्छ, रिपोर्टमा के छ भनेर […]

पत्रकारद्वय पाठक र बानियाको उपचारका लागि भरतपुर अस्पतालका अध्यक्ष पौडेलको सहयोग

भरतपुर, ९ पुस । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले पत्रकार महासंघ चितवनका दुई सदस्यको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । अर्बुद रोगका कारण उपचार गराइरहेका पत्रकारद्वय भूपराज पाठक र संगीता बानियाको उपचारका लागि पौडेलले आर्थिक सहयोग गर्नुभएको हो । मंगलबार पौडेलले उपचार कोषमा बाइस हजार दुई सय बाइस रुपैयाँ सहयोग गर्नुभयो । […]

गैँडाकोट हाफ म्याराथन पुस १५ गते हुने

गैँडाकोट, ९ पुस । गैँडाकोट हाफ म्याराथनको दोस्रो संस्करण यही पुस १५ गते हुने भएको छ । विजय फाउण्डेसन नेपालको आयोजनामा हुने गैँडाकोट हाफ म्याराथनका लागि आवेदन खुलेको सोमबार गैँडाकोटमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । गैँडाकोट हाफ म्याराथनको तयारी तीव्र रहेको फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभएको छ । अध्यक्ष सापकोटाले यस म्याराथनलाई तन, […]

पत्रकारको उपचारका लागि उद्योग वाणिज्य संघ चितवनद्वारा २५ हजार रुपैयाँ प्रदान

भरतपुर, ९ पुस । उद्योग वाणिज्य संघ चितवनले गम्भीर प्रकृतिको रोगबाट प्रभावित भएर उपचाररत पत्रकारका लागि २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । चितवनका पत्रकारहरूलाई स्वागत एवम् छलफल कार्यक्रमका अवसरमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ चितवन शाखाका नवनिर्वाचित अध्यक्ष वसन्तराज पराजुलीलाई क्यान्सर रोगबाट प्रभावित पत्रकारको उपचारका लागि उक्त सहयोग […]

शिक्षक भुपराज पाठकको उपचारका लागि नारायणी माविको सहयोग

भरतपुर, ९ पुस । रक्तक्यान्सर भएर भारतमा उपचाररत चितवनका शिक्षा तथा पत्रकार भुपराज पाठकलाई नारायणी नमुना माध्यमिक विद्यालयबाट आर्थिक सहयोगस्वरुप १ लाख १६ हजार ६० रुपैयाँ सहयोग गरेको छ । नारायणी नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले सहयोग समितिका उपाध्यक्षद्वय रामचन्द्र लम्साल र हरिप्रसाद न्यौपाने, सदस्य प्रविन देवकोटालाई चेक हस्तान्तरण गर्नुभयो । विद्यालयले […]

फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा रामप्रसाद पौडेल विजयी

भरतपुर, ९ पुस । फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी रामप्रसाद पौडेल विजयी भएका छन् । सोमबार भएको संघको ३६ औँ वार्षिक साधारणसभा एवं १९ औँ अधिवेशनबाट पौडेल विजयी भएका हुन् । उनले चुनावी प्रतिद्वन्द्वी यमप्रसाद घिमिरेलाई हराएर संघको अध्यक्षमा विजयी भएका हुन् । पौडेल बिगत १३ वर्षदेखि नारायणगढको कमलनगरमा पौडेल कलेक्सन, पौडेल ब्याग […]