भरतपुर, २९ मङ्सिर ।
वाल्मीकि शिक्षा सदनले २८ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । विधार्थी- अभिभावकको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्णनिवास त्रिपाठीको सभापतित्व र भरतपुर नगर शिक्षा अधिकारी सुवास आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 
विद्यालयका सहायक प्राचार्य प्रकाश सुवेदीको सञ्चालन र प्लस टू संयोजक विष्णुप्रसाद ढकालको स्वागत मन्तव्य रहको थियो । विद्यालयका प्राचार्य प्रदीप पौडेलले मन्तव्यका क्रममा विद्यालयले शैक्षिक एवम् अतिरिक्त क्रियाकलापमा गरेको प्रगतिको विवरण साथै विविध गतिविधिको जानकारी गराउनु भएको थियो । 
नृत्य, योग, प्रत्यक्ष गायन, टेक्वान्डो, आर्ट, साइन्स प्रोजेक्ट, नाटक, कल्चरल शोलगायत धेरै प्रस्तुति रहको उक्ता कार्यक्रममा पीटीए अध्यक्ष राजु पौडेल, विद्यार्थीहरू निकेस कँडेल, शीर्षक ढकाल, अश्मि दूरा, प्रिन्जल पोखरेल, विद्यालय सञ्चालक समितिका अध्यक्ष इन्जिनियर बलिभद्र नेउपानेलगायतले मन्तव्य राख्नुभएको थियो ।





