चितवनले जनकपुरलाई हराएसँगै प्ले अफ दौडबाट बाहिरिए दुई टोली

काठमाडौं, २९ मङ्सिर । चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराएसँगै दुई टोली एनपीएल प्ले अफको दौडबाट बाहिरिएका छन् । छैटौं स्थानको विराटनगर किंग्स र सातौं स्थानको पोखरा एभेन्जर्स लिग चरणको अन्तिम खेलअघि नै बाहिरिएका हुन् । जनकपुर यसअघि नै प्लेअफमा स्थान सुरक्षित गराइसकेको छ भने जितसँगै चितवन प्लेअफ नजिक पुगेको छ । ७ खेल खेलको जनकपुरले […]

भरतपुरमा पुस १२ गतेदेखि राइनो कप महिला भलिवल हुँदै

भरतपुर, २९ मङ्सिर । राइनो कप खुला महिला भलिवल प्रतियोगिता पुस १२ गतेदेखि हुने भएको छ । हिमालय भलिवल क्लब भरतपुर- १३ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । पुस १२ देखि १४ गतेसम्म तीन दिन चल्ने प्रतियोगिताका खेलहरु हिमालय दण्डपाणी मावि भरतपुर- १३ को मैदानमा हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी हुने कार्यक्रम संयोजक […]

ग्रीनल्याण्ड पब्लिक स्कुलको ३० औँ वार्षिकोत्सव, पिबिएल मेला सम्पन्न

भरतपुर, २९ मङ्सिर । भरतपुर महानगरपालिका- १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले ३० औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा स्कुलले केही दिनसम्म विविध कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको छ । जसअन्तर्गत स्कुलले शुक्रबार भने एक कार्यक्रमकाबीच वार्षिकोत्सव मनाएको हो । विद्यालय प्राङ्गणमा शुक्रबार ३० औँ वार्षिकोत्सव तथा दोस्रो एमआई पिबिएल मेला सम्पन्न भएको छ । सोही दिन […]

वाल्मीकि शिक्षा सदनले मनायो २८औँ वार्षिकोत्सव

भरतपुर, २९ मङ्सिर । वाल्मीकि शिक्षा सदनले २८ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । विधार्थी- अभिभावकको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्णनिवास त्रिपाठीको सभापतित्व र भरतपुर नगर शिक्षा अधिकारी सुवास आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयका सहायक प्राचार्य प्रकाश सुवेदीको सञ्चालन र प्लस टू संयोजक विष्णुप्रसाद ढकालको […]

नेपाल राष्ट्रिय शमशेर आदर्श माविमा विभिन्न कार्यक्रमसहित स्वर्ण महोत्सव सुरु

गैंडाकोट, २९ मङ्सिर । फरक क्षमता भएका विद्यार्थीहरुलाई अध्यापन गराउने विद्यालयका रुपमा परिचित गैंडाकोट- १ जौजुवामा रहेको श्री नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमहरूसहित स्वर्ण महोत्सव मनाउन सुरु गरेको छ । स्वर्ण महोत्सव २०८१ घोषणा सभा, मूल समारोह समिति भेलासँगै पत्रकार सम्मेलन समेत गरिएको कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी रहेका […]

`दर्ज्यु संलाप´मा भुइँमान्छेका विद्रोह

मकवानपुर, २९ मङ्सिर । निबन्धकार कुमारी लामाले आफू हुर्केको परिवेशलाई साहित्यमा समेट्दा अझ प्रभावकारी बन्ने बताएकी छिन् । शनिबार हेटौँडामा आफ्नो पछिल्लो निबन्धसङ्ग्रह ‘दर्ज्यु संलाप’ माथिको विमर्श कार्यक्रममा बोल्दै निबन्धकार लामाले आफ्नै पृष्ठभूमिका भुइँमान्छेका विद्रोहलाई निबन्धात्मक रुपमा ल्याउँदा निबन्धको दायरा अझै फराकिलो बन्न पुगेको बताइन् । समीक्षक निमेष निखिलको सुशासन कायम गर्ने बेग्लै निकाय हुँदाहुँदै […]

त्रिवेणी – कोरला नाकाका रुख कटानमा समस्या हुँदैन : गृहमन्त्री

हुप्सेकोट, २९ मङ्सिर । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले ग्रामीण वस्तीको विकासको बाधक बनिरहेको रुख कटान विषयको जटिलतालाई हटाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नवलपरासी पूर्वको सदरमुकाम कावासोतीदेखि ग्रामीण वस्ती जोड्ने गरी बनाउन लागिएका सडकमा वन क्षेत्र पर्ने भएकाले रुख काटेर तत्काल काम अगाडि बढाउने व्यवस्था मिलाउने पनि गृहमन्त्री लेखकले दोहोऱ्याउनुभयो । शनिबार हुप्सेकोट- ३ […]

माडीमा महायज्ञ हुँदै

चितवन, २९ मंसिर । श्रीराम जानकी बालिका आश्रम देवघाट र गुप्तेश्वर शिवालय मन्दिर माडीको संयुक्त आयोजनामा श्रीमद्भागवत महायज्ञ हुने भएको छ । बाबुआमा नभएका अनाथ बालिकाहरुको पालनपोषण र शिक्षादिक्षामा जोड दिँदै आएको रामजानकी बालिका आश्रममा हालसम्म ३७ जना बालिकाहरु रहेका छन् । तिनै अनाथ बालिकाहरुको पालन पोषणको लागि माडीमा महायज्ञ गर्न लागिएको आश्रमका महासचिव रामेश्वर […]

पुस्तकालय पाठकको पहुँचमा हुनुपर्छ : सुभाष घिमिरे

गैंडाकोट, २९ मङ्सिर । पठन संस्कृति अभियानको ९औँ शृङ्खलामा विभिन्न पुस्तकमाथि चर्चा गरिएको छ । विजय एफएम र विजय खबरपत्रिकाको सञ्चालक संस्था विजय सूचना तथा सञ्चार सहकारी लिमिटेडले गत वैशाखदेखि महिनाको अन्तिम शनिबार नियमितरूपमा गैंडाकोटमा पठन संस्कृति अभियान कार्यक्रम गरिरहेको छ । ९ औँ शृङ्खलाका प्रमुख अतिथि सुभाष घिमिरेले पठन संस्कृति अभियानलाई विशेषगरी विद्यालय र […]

शारदानगरमा आइएसओ रनिङ शिल्ड सुरु

भरतपुर, २९ मङ्सिर । संस्थागत विद्यालय संगठन (आईएसओ) चितवनको आयोजनामा पश्चिम चितवनको शारदानगर खेल मैदानमा एथलेटिक्स रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुभाषचन्द्र आचार्यले शुक्रबार प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि आचार्यले विद्यार्थीको चौतर्फी विकासको लागि सिकाइ माध्यम खेलकुद भएको बताउनुभयो । यस्ता […]

पत्रकार महासंघ चितवनको अध्यक्षमा वसन्त पराजुली निर्वाचित

चितवन, २९ मंसिर । नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा वसन्तराज पराजुली भारी मतका साथ निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको मतगणनाको नतिजा साँझ आएको थियो । मतदानमा २२३ मत खसेकामा अध्यक्षमा निर्वाचित पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे । उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी, […]