हाजिरीजवाफमा पोलर स्टार पहिलो

भरतपुर, २४ मङ्सिर ।
ग्रीनल्यान्ड पब्लिक स्कुल भरतपुर–१२ को ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा पोलर स्टार इङ्लिस स्कुल पहिलो भएको छ ।

प्रतियोगितामा सनराइज इङ्लिस बोर्डिङ स्कुल दोस्रो, प्रेरणा इङ्लिस स्कुल तेस्रो र होली भिजन इङ्लिस बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको ग्रीनल्यान्डका सहप्राचार्य उपेन्द्र आचार्यले जानकारी दिए ।

प्रतियोगितामा चितवनका २५ संस्थागत विद्यालयको सहभागिता रहेको थियो । विद्यालयका प्राचार्य इन्दिरा पन्त कार्कीको अध्यक्षता एवम् मेट्रो प्याब्सनका अध्यक्ष मीनराज बस्ताकोटीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विजेता विद्यालयलाई पुरस्कार प्रदान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट