महिलालाई बलात्कार गरेको अभियोगमा युवकलाई ७ वर्ष कैद फैसला

मकवानपुर, २१ मङ्सिर ।
जिल्ला अदालत मकवानपुरले एक जना महिलालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई ७ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।

अदालतले ती युवकलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने र पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ । जिल्ला अदालत मकवानपुरको न्यायाधीश गीता श्रेष्ठको इजलाशले मकवानपुरगढी घर भएका ३२ वर्षीय युवकले ३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।

ती युवकले महिलालाई जंगलमा घाँस काट्न गएको अवस्थामा २०८० कात्तिक २५ गते बलात्कार गरेका थिए । पीडक युवक २०८० पुसदेखि क्षेत्रीय कारागार भीमफेदमा छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट