नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको अध्यक्षमा हिमराज खनाल

चितवन २१ मङ्सिर । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ क्षेत्रीय समिति चितवन नवलपुरकोे अध्यक्षमा हिमराज खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । संघको शुक्रबार सम्पन्न आठौँ साधारणसभा तथा चौथो अधिवेशनबाट खनालको नेत्तृत्वमा संघको सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । खनाल लामो समयदेखि चितवनमा रहेर स्टेशनरी तथा मसलन्द उद्योग सञ्चालन गर्दै आउनुभएका व्यवसायी हुनुहुन्छ […]
महिलालाई बलात्कार गरेको अभियोगमा युवकलाई ७ वर्ष कैद फैसला

मकवानपुर, २१ मङ्सिर । जिल्ला अदालत मकवानपुरले एक जना महिलालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई ७ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले ती युवकलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने र पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ । जिल्ला अदालत मकवानपुरको न्यायाधीश गीता श्रेष्ठको इजलाशले मकवानपुरगढी घर भएका ३२ वर्षीय […]