मकवानपुरमा लागुऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर, १२ मंसिर ।
मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहान प्रहरीले गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–६ का २८ वर्षीय अमीर मियालाई १६० किलो गाँजासहित नियन्त्रणमा लिएको हाे ।

मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेस्थित प्रहरी चेकपोष्टमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको प्र. न. ३–०१–०२३ च ८०४७ नम्बरको योद्धा गाडीबाट ३० वटा पोकामा १६० किलो गाँजा बरामद गरी थापालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । उक्त गाडी चालक थापालाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसअघि प्रहरीले सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९, तीनताप्केबाट ७१ किलो ७०० ग्राम लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको थियो भने आइतबार पनि प्रहरीले मनहरी गाउँपालिकाबाट १० किलो २५० ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट