प्रेमबस्तीबाट सम्पर्कविहीन महाकली दाहालको खोजीमा सहयोग गरिदिन परिवारको आग्रह

भरतपुर, ६ मङ्सिर ।
मङ्सिर २ गतेबाट सम्पर्कविहीन भरतपुर महानगरपालिका- ७ प्रेमबस्ती निवासी महाकली दाहालको खोजीका लागि सहयोग गरिदिन परिवारजन तथा आफन्तले आग्रह गरेका छन् ।

४८ वर्षीय दाहाल मंसिर २ गते बिहान ११ बजे आफ्नै निवासबाट साइकल चढी बजार निस्केकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दिएर खोजी कार्य अगाडि बढाइएको परिवारिक स्रोतले जनाएको छ । विक्षिप्त अवस्थामा रहेको परिवारले आम जनसमुदायलाई समेत खोजी कार्यमा सहयोग गरिदिन आह्वान गरेको छ ।

उनको परिवारका एक सदस्य सूर्यराज बरालले खोजी कार्यमा थप सहयोग गरिदिन पत्रकार तथा आम जनसमुदायलाई विशेष आह्वान गरेका छन् । तनावपूर्ण अवस्थामा रहेको सिङ्गो परिवार र आफन्तजन यतिबेला उनको खोजीमा तल्लिन छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट