आदर्श पब्लिक स्कुलमा खेलकुद प्रतिस्पर्धा सुरु

चितवन, ५ मङ्सिर ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको आदर्श पब्लिक स्कुलमा बुधबारदेखि वार्षिक खेलकुद प्रतिस्पर्धा सुरु भएको छ । तीन दिनसम्म चल्ने खेलकुद प्रतिस्पर्धाको उद्घाटन विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यप्रकाश कँडेल र विद्यालयका प्राचार्य शिव केसीले बेलुन उडाएर संयुक्तरुपमा गरेका हुन् ।

प्राचार्य केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कँडेल, विद्यालयका शेयरहोल्डर यमलाल सापकोटा, विद्यालयका सहायक प्राचार्य रवि पौडेल, स्काउट इन्चार्ज जनार्दन ढकाललगायतले विद्यार्थीहरुलाई जितको लागि शुभकामना दिएका थिए ।

उद्घाटन समारोहमा विद्यार्थीहरुले विभिन्न नृत्य र खेल कौशल देखाएका थिए । स्काउट टोलीले मार्चपास र सलामी अर्पण गरेको थियो । उद्घाटन समारोहमा विद्यार्थी, शिक्षक र अभिभावक उपस्थित थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट