रामेश्वर पुस्तकालयको अध्यक्षमा विजय पराजुली निर्वाचित

भरतपुर, २५ कात्तिक ।
रामेश्वर पुस्तकालय तथा वाचनालनको २० औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष माधव देवकोटाको अध्यक्षतामा शनिबार सम्पन्न अधिवेशनले सचिव विजय पराजुली र कोषाध्यक्ष लोकबहादुर रानाभाटले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गरेको छ ।

निर्वाचनमार्फत पुतकालयको अध्यक्षमा विजय पराजुली निर्वाचित हुनु भएको छ । जम्मा २२७ मत खसेकोमा ५ वटा बदर भएको थियो ।

निर्वाचनमा १५६ मत प्राप्त गर्दै पराजुली अध्यक्षमा निर्वाचित हुनु भए‌को हो भने उहाँका प्रतिद्वन्द्वी आनन्दराज राउतले ६५ मत प्राप्त गर्नु भएको थियो ।

कार्यसमिति सदस्यहरुको लागि अर्को बैठकबाट चयन गरिने निर्वाचन समितिका संयोजक हेरम्बकुमार असिमले जानकारी दिनुभयो । सदस्यमध्येबाट पदाधिकारीको चयन गरिने अध्यक्ष विजय पराजुलीले बताउनु भयो । भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाटको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष शरदरञ्जन श्रेष्ठ, दोभान पुस्तकालयका अध्यक्ष पुरुषोत्तम सुवेदी, सम्मानित स्रष्टा गणेशप्रसाद श्रमणले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रज्ञा प्रशरिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, पुस्तकालयका पूर्व अध्यक्षहरु विष्णुप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष बालकृष्ण अपलिया, सल्लाहकारहरू डि. आर. पोखरेल, झुवानी सामुदायिक पुस्तकालयका उपाध्यक्ष शेष सापकोटा, नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष अशोक अधिकारी, बालकुमारी माविका सञ्चालक समितिका अध्यक्ष गोपाल भट्टराई, मितेरी टोल विकास संस्थाका अध्यक्ष दीपक लम्साल, पृथ्वीदेवी टोल विकास संस्थाका अध्यक्ष दीपकबाबु विष्ट, वडासदस्य परसुराम पौडेलको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट