रामेश्वर पुस्तकालयको अध्यक्षमा विजय पराजुली निर्वाचित

भरतपुर, २५ कात्तिक । रामेश्वर पुस्तकालय तथा वाचनालनको २० औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष माधव देवकोटाको अध्यक्षतामा शनिबार सम्पन्न अधिवेशनले सचिव विजय पराजुली र कोषाध्यक्ष लोकबहादुर रानाभाटले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गरेको छ । निर्वाचनमार्फत पुतकालयको अध्यक्षमा विजय पराजुली निर्वाचित हुनु भएको छ । […]