देवकोटा स्मृति साहित्य सम्मान–२०८१ माधव पोख्रेललाई प्रदान गरिने

मकवानपुर, ४ कात्तिक ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ माधव पोख्रेललाई प्रदान गरिने भएको छ । साहित्य संगम मकवानपुर र युगप्रकाश क्लबले संयुक्त रुपमा प्रदान गर्ने उक्त पुरस्कार मकवानपुरे साहित्यकार पोखरेललाई प्रदान गरिने भएकाे हाे ।

संगम मकवानपुरले आइतबार एक विज्ञप्ति जारी गर्दै १० हजार राशिको सम्मान पोख्रेललाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ । नेपाली साहित्यको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टालाई हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान प्रदान गर्दै आएको जानकारी गराउँदै संगमले उक्त सम्मान यही कात्तिक १५ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा प्रदान गरिने जनाएको छ ।

हेटौँडा–४ निवासी पोख्रेल मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष हुन् । उनकाे नाटक कृति ‘आकांक्षाको चिता’ (२०६९), कविता संग्रह ‘रित्तिएको गाउँ’ (२०७०) र नाटक कृति ‘ऐनाभित्रको आकाश’ (२०७९) प्रकाशित छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट