लागुऔषध डाइजेपामसहित मकवानपुरमा २ जना पक्राउ

मकवानपुर, ४ कात्तिक । मकवानपुर प्रहरीले लागुऔषध डाइजेपामसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार लेवट प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३, लेवटबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ३३ प ९५७६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा १२१ एम्पुल सहित लागुऔषध सहित मकवानपुरगढी गाउँपालिका–२ का २५ वर्षीय […]

देवकोटा स्मृति साहित्य सम्मान–२०८१ माधव पोख्रेललाई प्रदान गरिने

मकवानपुर, ४ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ माधव पोख्रेललाई प्रदान गरिने भएको छ । साहित्य संगम मकवानपुर र युगप्रकाश क्लबले संयुक्त रुपमा प्रदान गर्ने उक्त पुरस्कार मकवानपुरे साहित्यकार पोखरेललाई प्रदान गरिने भएकाे हाे । संगम मकवानपुरले आइतबार एक विज्ञप्ति जारी गर्दै १० हजार राशिको सम्मान पोख्रेललाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ […]

चितवन हङकङ सम्पर्क समाजद्वारा राहत वितरण

भरतपुर, ४ कात्तिक । चितवन हङकङ सम्पर्क समाजले भरतपुर- २६ स्थित हिरापुरमा बाढी प्रभावित स्थानीयलाई राहत वितरण गरेको छ । प्रत्येक व्यक्ति करिव २५ हजार बराबर खाद्यान्न वितरण गरेको समाजका सचिव विष्णु ढकालले जानकारी दिए । समाजका उपाध्यक्ष दलबहादुर गुरुङको सभापतित्व र भरतपुर २६ दिव्यनगरका नेपाली कांग्रेसका सभापति पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको […]

हाडको घनत्व घटाउने रोग ओस्टियोपोरोसिस र बच्ने उपाय

विश्व ओस्टियोपोरोसिस( Osteoporosis) दिवस प्रत्येक वर्ष अक्टोबर २० मा मनाइन्छ। यो एक विश्वव्यापी स्वास्थ्य अभियान हो यस अवसरमा हाडहरूको सुरुवाती निदान, यसको उपचार, र बलियो हाडहरूको लागि रोकथाम उपायहरू र भविष्यमा ओस्टियोपोरोसिस र यसको सम्बन्धित जटिलताहरूबाट जोगिन हाडहरूको स्वास्थ्यको लागि सावधानी अपनाउने तरिकाहरु सिकाइन्छ। अस्टियोपोरोसिसलाई एक प्रणालीगत रोगको रूपमा परिभाषित गरिन्छ जसले हड्डीको घनत्व घटाउँछ, […]