भरतपुर, ४ कात्तिक ।
चितवन हङकङ सम्पर्क समाजले भरतपुर- २६ स्थित हिरापुरमा बाढी प्रभावित स्थानीयलाई राहत वितरण गरेको छ ।
प्रत्येक व्यक्ति करिव २५ हजार बराबर खाद्यान्न वितरण गरेको समाजका सचिव विष्णु ढकालले जानकारी दिए ।
समाजका उपाध्यक्ष दलबहादुर गुरुङको सभापतित्व र भरतपुर २६ दिव्यनगरका नेपाली कांग्रेसका सभापति पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
यस संस्था चितवनबाट हङकङमा बस्ने नेपालीहरुको सहयोगमा सञ्चालित संस्था हो । चितवन शारदानगर निवासी युवा समाजसेवी ओमराज गुरुङ हङकङमा अध्यक्ष छन् भने चितवनमा यस संस्थाको अध्यक्ष नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ रहेका छन् । स्थापनाकाल देखि नै संस्थाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको संस्थाका सचिव विष्णु ढकालले जानकारी दिए ।
सो खाद्यान्य वितरण कार्यक्रममा भरतपुर २३ का वडा अध्यक्ष दिपक दवाडी, भरतपुर २६ का कार्यवाहक वडा अध्यक्ष प्रकाश सुवेदी, नेपाल रेडक्रस गुन्जनगरका अध्यक्ष हरिराज अर्याल लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।





