वागमती प्रदेश सभामा २ वटा विधेयक प्रमाणीकरण

मकवानपुर ।

वागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले २ वटा विधेयक प्रमाणीकरण गरेका छन् भने एउटा विधेयक फिर्ता पठाएका छन् ।

प्रदेश प्रमुख देवकोटाले बिहीबार प्रदेश सभाबाट पारित भएको प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश सभाको ७ असोज २०८१ को बैठकबाट पारित भई १८ असोज २०८१ मा प्रमाणीकरणको लागि नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम पेश हुन आएको उक्त विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको हो ।

यसैगरी प्रदेश प्रमुखले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणको प्राप्त “प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकू नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनर्विचारको लागि प्रदेश सभामा फिर्ता गरेका छन् । बिहीबार प्रदेश प्रमुख देवकोटाले प्रदेश सभा सभामुखलाई सम्बोधन गरी उक्त विधेयक फिर्ता गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट