बागमती प्रदेश सभाको चालु अधिवेशन अन्त्य

मकवानपुर, १७ असोज ।

बागमती प्रदेश सभाको जारी चौधौँ अधिवेशन बुधबार रातीबाट अन्त्य  भएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको चालु चौथौँ अधिवेशन बुधबार राती ११ बजेर ५९ मिनेटको समयदेखि अन्त्यको घोषणा गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय हेटौंडाले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८१ साल असोज १६ गते बुधबार राती ११ः५९ बजेदेखि प्रदेश सभाको चालु चौधौं अधिवेशन अन्त्य गरिएको जनाएकाे छ ।

प्रदेश सरकारको मंगलबार बसेको बैठकले प्रदेश सभाको चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट