सञ्जयको देवकोटाको ‘कुरा बुझ्देउ न’ गीत बजारमा

कावासोती, १७ असोज । विभिन्न स्टेज कार्यक्रममार्फत् होस्ट तथा पर्फर्मरको छवि बनाएका सञ्जय देवकोटा ‘कुरा बुझ्देउ न’ गीतबाट गायकको रुपमा नेपाली सांगीतिक बजारमा आएका छन् । गायक देवकोटाले बिहिबार कावासोतीस्थित कावासोती सिनेम्याक्समा गीतको प्रिमियर गरे । कुरा बुझ्देउ नको प्रिमियर शोमा गायक देवकोटाका पिता पशुपति देवकोटा तथा मध्यबिन्दु बहुमुखी क्याम्पसका प्रमुख गणेशमान गिरीकोलगायतको उपस्थिति रहेको […]

भरतपुरमा शुक्रबारदेखि श्री एयरलाइन्सको नियमित उडान

भरतपुर, १७ असोज । श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौंँ–भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु ४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ । “शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ”, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, “नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा […]

बालेन, हर्क र गोपालहरु मिल्ने समय

देशमा प्रतिनिधिसभा निर्वाचन भएको अझै दुई वर्ष पूरा भएको छैन । निर्वाचनबाट पहिलो, दोस्रो, तेस्रो भएका वा केही सिट हासिल गरेर संसद भवन छिरेका दल र तिनका नेताहरुको विशेष जिम्मेवारी र कर्तव्य छ । नेतादेखि पार्टीसम्मका आ—आफ्नै घोषणापत्र र जनतासमक्ष गरेका मौखिक वाचाहरु छन् । निर्वाचिनपछि हरेक नेता तथा पार्टीले आफ्ना ती घोषणापत्र र वाचा […]

पौडेलले ल्याए ‘बतासे डाँडाका स्मृतिहरु’

रत्ननगर, १७ असोज । कवि दुर्गाप्रसाद पौडेलको ‘बतासे डाँडाका स्मृतिहरू’ कवितासंग्रहको लोकार्पण गरिएको छ । रत्ननगर नगरपालिकाको सभाहल बकुलहरमा अक्षर समूह चितवनको आयोजनामा गरिएको कार्यक्रममा प्रमुख अतिथि रामबाबु घिमिरे, कविकी आमा रत्नमाया पौडेल, सहधर्मिणी राधामाया पौडेल, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कृति विमोचन गरेका हुन् । […]

बागमती प्रदेश सभाको चालु अधिवेशन अन्त्य

मकवानपुर, १७ असोज । बागमती प्रदेश सभाको जारी चौधौँ अधिवेशन बुधबार रातीबाट अन्त्य  भएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको चालु चौथौँ अधिवेशन बुधबार राती ११ बजेर ५९ मिनेटको समयदेखि अन्त्यको घोषणा गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय हेटौंडाले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा […]

सहिदचोकमा ५३ पिन्ट रगत सङ्कलन

भरतपुर, १७ असोज । भरतपुर महानगरपालिका-३ सहिदचोकस्थित ग्रेस इन्टरनेशनलको परिसरमा रक्तदान शिविर सम्पन्न भएको छ । रोटर्याक्ट क्लब अफ भरतपुर, रोटर्याक्ट क्लब अफ चितवन मेडिकल कलेज एवम् ग्रेस इन्टरनेशनल चितवनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो । रगतको चरम अभाव भइरहेको समयलाई मध्यनजर गरी असोज १६ गतेका दिन आयोजना गरिएको सो रक्तदान शिविरमा ५३ पिन्ट […]