मिस प्रोविन्स १ कृतिको पहिलो म्युजिक भिडियो “हजारको नोट” सार्वजनिक (भिडियो सहित)

चितवन, ११ असोज ।

मोडल कृति भट्टराई अभिनित “हजारको नोट” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कस्तुप पन्तको युट्युब च्यानलमार्फत् शुक्रबार सो गीतको भिडियो सार्वजनिक भएको हो ।

गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ ।

सुमन राना र खुमन रानाले गीतको रेकर्डिस्टको भूमिका निभाएका छन् । यस्तै गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् ।

गीतिभिडियोमा मोडल भट्टराईसँगै गायक हिमाल सागरको पनि अभिनय रहेको छ। म्युजिक भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

बिर्तामोड, झापाकी कृतिले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । उनी मिस प्रदेश नं १ २०२१ की विजेता हुन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट