२०८१ असोज १३ गते आइतबारको कायाकैरन दैनिक (ePaper)
बागमती प्रदेश सरकारले विपद प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने
मकवानपुर, १२ असोज । बागमती प्रदेश सरकारले विपद प्रभावित प्रदेशका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले प्रदेश सरकारका निकायबाट क्षतिको विवरण तत्कालै एकिन गरी सो पश्चात प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० […]
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं, १२ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ । विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले शनिबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । मन्त्रालयअन्तर्गतका […]
यदुनाथ भट्टराईको कथासङ्ग्रह `समयका डोबहरु´ सार्वजनिक

भरतपुर, १२ असोज । आख्यानकार यदुनाथ भट्टराईको कथासङ्ग्रह `समयका डोबहरु´ विमोचन भएको छ । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, अखिल नेपाल लेखक सङ्घ चितवनकी अध्यक्ष प्रभा मरहट्ठा, नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञासभा सदस्य रामहरि श्रेष्ठ, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं र कथाकारकी धर्मपत्नी डालिमाया भट्टराईले कृति विमोचन गरेका हुन् । कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै उदय […]
मिस प्रोविन्स १ कृतिको पहिलो म्युजिक भिडियो “हजारको नोट” सार्वजनिक (भिडियो सहित)

चितवन, ११ असोज । मोडल कृति भट्टराई अभिनित “हजारको नोट” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कस्तुप पन्तको युट्युब च्यानलमार्फत् शुक्रबार सो गीतको भिडियो सार्वजनिक भएको हो । गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ । सुमन राना र खुमन रानाले गीतको रेकर्डिस्टको […]
नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्ड आइतबार बिहानसम्म बन्द

भरतपुर, १२ असोज । नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्ड अहिलेदेखि आइतबार बिहान ५ बजेसम्मलाई बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सिडिओ इन्द्रदेव यादवले भोलि बिहान सम्मको अवस्था हेरेर थप आवश्यक निर्णय लिने बताए । ‘नारायणगढ-मुग्लिङ-नागढुंगा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएकोले सम्पूर्ण सवारीधनी एवम् यात्रु महानुभावहरूलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिनुहुन […]
भरिनै थाल्यो इन्द्रसरोवर

मकवानपुर, १२ असोज । मानव निर्मित सबैभन्दा ठूलो ताल इन्द्रसरोवर भरिने अबस्थामा पुगेको छ । बिहीबारदेखिको अबिरल वर्षाको कारण मकवानपुर जिल्लामा अबस्थित ताल भरिन लागेको हो । तालको जलाधार क्षेत्र रहेको दामन, पालुङ, बज्रवाराही, चित्लाङ, मार्खु र फाखेल क्षेत्रमा वर्षा भइरहेकाले पानीको तह बढिरहेको कुलेखानी जलविद्युत आयोजना (प्रथम) का प्रमुख तारादत्त भट्टले जानकारी दिए । […]
भरियो कुलेखानी जलाशय, ३१ वर्षपछि ढोका खोलियो

मकवानपुर, १२ असोज । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ । ३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । ‘जलाधार क्षेत्रमा लगातार पानी परिरहेकाले ड्यामको ढोका खोल्नु परेको […]
हेटौंडाबाट काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
मकवानपुर, १२ असोज । मकवानपुरको हेटौंडाबाट काठमाडौं जोड्ने सबै सडकहरु बन्द भएका छन् । पहिरोका कारण हेटौंडा काठमाडौं जोड्ने लामो तथा छोटा दुरीका मार्गहरु बन्द भएका हुन् । बिहिबारदेखि परेको अविरल वर्षाका कारण हेटौंबाट काठमाडौं जाने कान्ति लोकपथ, भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं, कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएको […]