नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्ड आइतबार बिहानसम्म बन्द

भरतपुर, १२ असोज
नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्ड अहिलेदेखि आइतबार बिहान ५ बजेसम्मलाई बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका सिडिओ इन्द्रदेव यादवले भोलि बिहान सम्मको अवस्था हेरेर थप आवश्यक निर्णय लिने बताए ।

‘नारायणगढ-मुग्लिङ-नागढुंगा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएकोले सम्पूर्ण सवारीधनी एवम् यात्रु महानुभावहरूलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिनुहुन अनुरोध गरिएको छ,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

बिहीबारदेखिको अविरल वर्षाका कारण चितवन जिल्लाभित्रका विभिन्न स्थानहरू डुबानमा परेको तथा जिल्ला भई बहने नदी तथा खोलाहरूमा जल सतहले खतराको तह पार गरेको र नदी तथा खोलाहरूको बहाव अझै बढ्न सक्ने सम्भावना रहेको हुँदा अत्यावश्यक काम परेमा बाहेक नदी तटीय क्षेत्रमा आवतजावत नगर्न तथा अन्य क्रियाकलाप नगर्न/नगराउन कार्यालयले अनुरोध गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट