यदुनाथ भट्टराईको कथासङ्ग्रह `समयका डोबहरु´ सार्वजनिक

भरतपुर, १२ असोज ।
आख्यानकार यदुनाथ भट्टराईको कथासङ्ग्रह `समयका डोबहरु´ विमोचन भएको छ ।
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, अखिल नेपाल लेखक सङ्घ चितवनकी अध्यक्ष प्रभा मरहट्ठा, नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञासभा सदस्य रामहरि श्रेष्ठ, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं र कथाकारकी धर्मपत्नी डालिमाया भट्टराईले कृति विमोचन गरेका हुन् ।

कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै उदय अधिकारीले कथाका पात्र सामान्य नागरिकलाई बनाइएको बताए । `यदुनाथजीले मजदुर र श्रमिकका कथा लेख्नुभएको छ, संघर्षमा परेका, अभावले बिदेसिएका, गरिब र किसानलाई पात्र बनाउनु भएको छ´ अधिकारीले भने – `सामाजिक विषयमा लेखिएका कथा सङ्ग्रहमा छन्, समकालीन सामाजिक यथार्थ, विकृति र विसंगतिलाई पनि कथाले समेटेका छन् ।´

प्रज्ञासभा सदस्य रामहरि श्रेष्ठले समयका डोबहरू सङ्ग्रहका कथाको बनोट र शिल्प उत्कृष्ट रहेको बताए । कार्यक्रममा प्रकाश चापागाईं, पोषराज पौडेल, धनेश्वर भट्टराई, रमेश प्रभातलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

लेखक भट्टराईले आफैँले भोगेका, देखेका र सुनेका विषयलाई कथामार्फत ल्याएको बताए । सङ्ग्रहमा १७ वटा कथा छन् । भुँडीपुराण पब्लिकेसन्सले कृति प्रकाशन गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट