नेपालद्वारा यूएईलाई २२२ रनको लक्ष्य पेश, शरदको ८१ रन

भरतपुर, २० मंसिर ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अहिले भइरहेको खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई २२२ रनको लक्ष्य पेश गरेको छ । यूएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर २२१ रन बनाएको हो ।


निकै सुस्त सुरुआत गरेको नेपालका लागि शरद भेषवाकर र ज्ञानेन्द्र मल्लको अर्धशतकीय योगदानसँगै सम्मानजनक योगफल तयार गरेको हो । च्याम्पियनसिपको शीर्ष ५ मा रहन संघर्षरत नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले ९५ बलमा अविजित ८१ रनको योगदान गरे । अन्तिम समयसम्म टिकेर खेल्ने क्रममा शरद बसन्त रेग्मीसँगै अविजित रहे ।

यसअघि ज्ञानेन्द्रले ५४ रनको योगदान दिए । कप्तान पारस खड्का २० रनमा आउट हुँदा सोमबार कामीले पनि २० रनकै योगदान दिए । ज्ञानेन्द्रसँगै ओपनिङमा आएका दिलीप नाथले १६ बनाउँदा विनोद भण्डारी ४ र आरिफ शेख शून्य रनमै आउट भए । बसन्तले १४ रन बनाए ।


प्रतियोगितामा नेपाल छैटौं स्थानमा छ । पाँचौमा केन्या छ ।

शीर्ष ४ मा रहने टोली विश्वकप छनोट खेल्ने प्रावधान थियो तर हाल छैंटौं स्थानमा रहेको नेपालको सो सम्भावना सकिसकेको छ । यसअघिको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन टु मा घटुवा भइसकेको छ । अब नेपालले विश्वकप छनोट खेल्न आगामी फ्रेब्रुअरीमा हुने डिभिजन टु खेल्नुपर्नेछ । सोही खेलको तयारीका रुपमा नेपाल यूएईविरुद्ध मैदान उत्रिएको हो ।

नेपाली टोलीः
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, दिलीप नाथ, ललित भण्डारी, आरिफ शेख ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट