मतदानका लागि सबै तयार

भरतपुर, २० मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भोलि हुँँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ । आयोगको हातामा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भोलि बिहान ७ः०० देखि ५ः०० बजेसम्म निर्धक्क भई मतदान गर्न आम मतदातालाई आह्वान गर्नुभयो । भोलि ४५ […]
गृह भन्छ, “सुरक्षा मजबुत छ, ढुक्क भएर मतदान गरौं”

काठमाडौँ, २० मंसिर । बिहीबार दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरी सबै मतदानस्थलमा मतदान सामग्री र कर्मचारीसहित सुरक्षाकर्मीहरू तैनाथ भइसकेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहसचिव मोहनकृष्ण सापकोटाले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालन गरी पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको जानकारी […]
अमूल्य मताधिकार प्रयोग गर्नुहोस् : राष्ट्रपति भण्डारी

काठमाडौँ, २१ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणमा आज हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आह्वान गर्नुभएको छ । । प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रो चरणको निर्वाचनका अवसरमा आममतदाताको नाममा आज जारी गर्नुभएको सन्देशमा उहाँले नेपाली जनताको लामो, कठोर […]
यूएईसँग हारेपछि नेपालको अवस्था के ?

काठमाडौँ, २० मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । युएईको शेख जायद रंगशालामा आज साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार ग¥यो युएईको जितमा गुलाम सविरले दोस्रो विकेटका लागि क्याप्टेन रोहन मुस्तफासँग […]
आचारसंहिता पालना गरः प्रेस काउन्सिल

काठमाडौँ, २० मंसिर । प्रेस काउन्सिल नेपालले निर्वाचनका समाचार सम्प्रेषण गर्दा आचारसंहिता पालनामा सजक रही सत्य, तथ्य, सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्न सबै पत्रकार र आम सञ्चारमाध्यमलाई अपिल गरेको छ । संविधान कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा रहेको यो ऐतिहासिक निर्वाचन सफल बनाउन पत्रकार र आम सञ्चारमाध्यम फेरि पनि उत्तिकै जिम्मेवार, मर्यादित, उत्तरदायी र अनुशासित हुनुपर्नेमा […]
आफ्नो अभिमत जाहेर गर्न दाहालको आह्वान

चितवन, २० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण रुपमा भयरहित तवरबाट निर्वाचनमा भाग लिन आम देशवासीलाई आह्वान गरेका छन् । चितवनको शिवनगरस्थित आफ्नै निवासमा रहनुभएका उनले आज साँझ रासससँग कुराकानी गर्दै यो निर्वाचनमा संयमतापूर्वक आफ्नो अभिमत जाहेर गरेर निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभएको हो । उहाँले निर्धक्क भएर निर्वाचनमा सहभागी […]
नेपालद्वारा यूएईलाई २२२ रनको लक्ष्य पेश, शरदको ८१ रन

भरतपुर, २० मंसिर । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अहिले भइरहेको खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई २२२ रनको लक्ष्य पेश गरेको छ । यूएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर २२१ रन बनाएको हो । निकै सुस्त सुरुआत गरेको नेपालका लागि शरद भेषवाकर र […]
विकास गर्नेलाई भोट

ध्रुवराज खनाल रत्ननगर, २० मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाका लागि बिहीबार भोलि निर्वाचन हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । मतदाता पनि प्रतिनिधि छान्न आँतुर छन् । निर्वाचन जितेर विकास गर्ने र जितिसकेपछि पनि आफ्नो ठाँउ आएर समस्या बुझ्ने खालका प्रतिनिधि होस् भन्ने सबैको चाहना छ । रत्ननगर १० गोर्खाली टोलका […]
नेपाल र यूएईबीचको खेल यहाँ लाइभ हेर्नुहोस्

भरतपुर, २० मंसिर । नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको अन्तिम खेल अहिले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेलिरहेको छ । यूएईले टस जितेर फिल्डिङ रोजेपछि अहिले नेपाली टिम ब्याटिङ गरिरहेको छ । च्याम्पियनसिपको शीर्ष चारमा रहने टोली विश्वकप छनोट खेल्ने प्रावधान थियो तर हाल छैंटौं स्थानमा रहेको नेपालको सो सम्भावना सकिसकेको छ । यसअघिको […]
चितवनमा चुनावी सुरक्षाका लागि कुकुरसहित ३ घेराको सुरक्षा

भरतपुर, २० मंसिर । बिहीबार हुन लागेको दोस्रो चरणको निर्वाचनका लागि चितवनमा तयारी तीव्र बनेको छ । जिल्लामा रहेका तीन क्षेत्रको १६१ मतदानस्थलको ४०८ केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक मतदान अधिकृत, कार्यलय सहयोगी आआफ्नो मतदान केन्द्रमा पुगेका छन् । कर्मचारी, मतपत्र, परिचयपत्र लगायतका निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि […]
यसरी गरौं नबिगारी मतदान

मुलुक संघीय प्रणालीमा गएपछि भइरहेको ऐतिहासिक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दोस्रो चरणको मतदान भोलि मंसिर २१ गते बिहीबार हुँदैछ । मंसिर १० गते भएका ३२ बाहेक बाँकी ४५ जिल्लामा भोलि बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गरिनेछ । यो चुनावपछि मुलुक पूर्ण व्यवहारिकरुपमै संघीय ढाँचामा जाँदैछ । तर, प्रत्येक निर्वाचनमा हुने फरक–फरक […]