भरतपुर, २० मंसिर ।
नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको अन्तिम खेल अहिले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेलिरहेको छ । यूएईले टस जितेर फिल्डिङ रोजेपछि अहिले नेपाली टिम ब्याटिङ गरिरहेको छ ।
च्याम्पियनसिपको शीर्ष चारमा रहने टोली विश्वकप छनोट खेल्ने प्रावधान थियो तर हाल छैंटौं स्थानमा रहेको नेपालको सो सम्भावना सकिसकेको छ । यसअघिको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन टु मा घटुवा भइसकेको छ । अब नेपालले विश्वकप छनोट खेल्न आगामी फ्रेब्रुअरीमा हुने डिभिजन टु खेल्नुपर्नेछ । सोही खेलको तयारीका रुपमा नेपाल यूएईविरुद्ध मैदान उत्रन लागेको हो ।
नेपाली टोलीः
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, दिलीप नाथ, ललित भण्डारी, आरिफ शेख ।
खेलको लाइभ यहाँ हेर्नुहोस्





