चिसापमा उपाध्याय र अधिकारी सम्मानित

भरतपुर, १५ भदौ ।
चितवन साहित्य परिषद्ले लेखक यज्ञराज उपाध्याय र ज्ञानु अधिकारीलाई सम्मान गरेको छ । शनिबार परिषद् भवनमा आयोजित १५९ औँ मोतीजयन्ती समारोह कार्यक्रममा स्रस्टाद्वयलाई सम्मान गरिएको हो ।

चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार – २०८० यज्ञराज उपाध्यायको `काली – कर्णालीको लोकसाहित्य तथा संस्कृति´ र चिसाप माधव साहित्य पुरस्कार – २०८० ज्ञानु अधिकारीको `संवेदनाको समायोग´लाई प्रदान गरिएको हो । दुवै पुरस्कारको राशी ३५ हजार ४५ रुपैयाँ छ । कार्यक्रमका प्रमुख अतिथि प्राडा नारायणप्रसाद खनालले स्रस्टालाई सम्मान गरेका हुन् । प्रमुख अतिथि खनालले आदि गजलकार मोतीराम भट्टको `जता हेर्‍यो उतै मेरा नजरमा राम प्यारा छन् …´ रचना सुनाएर कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा परिषद्का अध्यक्ष केदारनाथ खनालले मोतीराम भट्टका बारेमा चर्चा गरेका थिए । पुरस्कृत कृति कालीकर्णालीको लोकसाहित्य तथा संस्कृतिका बारेमा सुरेन्द्र अस्तफल र संवेदनाको समायोगका बारेमा गणेश श्रमणले समीक्षात्मक टिप्पणी राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट