गल्याङ गजल उत्सवमा मोती चर्चा एवम् गजल वाचन

स्याङ्जा, १५ भदौ । स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक गल्याङ गजल उत्सव- २०८१ कार्यक्रम सम्पन्न भएको छ । १५९औं मोती जयन्तीको सन्दर्भमा गल्याङ प्रज्ञा प्रतिष्ठान र गल्याङ नगरपालिकाको आयोजनामा शनिबार गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा गल्याङ गजल उत्सव- २०८१ पहिलो कार्यक्रमको रूपमा सम्पन्न गरिएको हो । गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजना गरिएको गल्याङ गजल […]

जल, जमिन र जंगलको महत्त्व दर्शाउन गैँडाकोटमा चेतनामूलक तीज गीत प्रस्तुत

गैंडाकोट, १५ भदौ । तीजका बेला घर–घरमा जम्मा भएर रमाइला एवं वेदनाका गीत गाउने चलन पुरानो हो तर संरक्षणका कुरा भने विरलै हुने गरेका छन् । शनिबार गैँडाकोटमा भने जल, जमिन र जंगलको महत्त्व दर्शाउन महिलाहरुले चेतनामूलक तीज गीत प्रस्तुत गरेका छन् । संरक्षण र पर्यावरणका विषयमा पेचिला सन्देश सहितका प्रतियोगितामा गैँडाकोटका सामुदायिक वन र […]

पुस्तकालय दिवसमा र्‍यान्डमद्वारा पुस्तक आदानप्रदान

पोखरा, १५ भदौ । पठन संस्कृतिको विकासमा क्रियाशील संस्था र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर सत्रौँ पुस्तकालय दिवस शनिवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले पुस्तकालयको महत्त्व र पठन संस्कृतिसम्बन्धी धारणा राखेका थिए । जुन देशमा पठन संस्कृतिको विकास भएको हुन्छ, त्यो देश वास्तविक रूपमा समृद्ध बन्ने […]

तीन किशोरहरुको भावनात्मक सम्बन्धको त्रिकोणात्मक कथा हो ‘बावऋ’

युवा लेखक मिलन सङ्ग्रौला नेपाली साहित्यमा उदाउँदा लेखक हुन् । लेखन कार्यमा सक्रिय उनको वि.सं. २०७० मा ’च्याट गर्ल’, वि.सं. २०७३ मा ’पर्पला’ र यो वर्ष ’बावऋ’ गरी तीन वटा किताब प्रकाशित भएको छ । गत साउनमा लोकार्पण गरिएको ’बावऋ’ को झापामा गृह विमोचन समेत भइसकेको छ । मुख्यगरी त्रिकोणात्मक प्रेम सम्बन्ध र द्वन्द्वकालीन समयको […]

दुई सय १२ वर्षअघिको त्यो लालमोहर र आजको यो पुस्तकालय दिवस

एकनारायण पौडेल पुस्तकालय सभ्य, सुसंस्कृत अनि शिक्षित समाजको अभिन्न अंग हो, ज्ञानको भण्डार हो । मानव इतिहास, सभ्यता र संस्कृतिको परिचायक हो । सूचना र ज्ञान बिना कुनै पनि व्यक्ति, समाज र देशको सफल कार्यको कल्पना हुन सक्दैन । यसलाई पूरा गर्न पुस्तकालयको आवश्यकता पर्दछ । संस्कृत भाषाको पुस्तक र आलय शब्दबाट उत्पत्ति भएको शब्दलाई […]

पुस्तकालय दिवसको अवसर पारेर चितवनमा लायन्स बुक कर्नर स्थापना

भरतपुर, १५ भदौ । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर लायन्स बुक कर्नरको स्थापना गरेको छ । विद्यालय, कारागार तथा अन्य सार्वजनिक स्थानहरुमा क्रमिकरुपमा यस्ता बुक कर्नरहरु स्थापना गर्ने लक्ष्य लिएको क्लबले पहिलो चरणको बुक कर्नर नारायणगढको शहीदचोकस्थित अनन्तगंगा प्लाजामा रहेको क्लबको सचिवालयमा स्थापना गरेको हो । क्लबका सदस्यहरुले श्वतस्फुर्त रुपमा […]

चिसापमा उपाध्याय र अधिकारी सम्मानित

भरतपुर, १५ भदौ । चितवन साहित्य परिषद्ले लेखक यज्ञराज उपाध्याय र ज्ञानु अधिकारीलाई सम्मान गरेको छ । शनिबार परिषद् भवनमा आयोजित १५९ औँ मोतीजयन्ती समारोह कार्यक्रममा स्रस्टाद्वयलाई सम्मान गरिएको हो । चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार – २०८० यज्ञराज उपाध्यायको `काली – कर्णालीको लोकसाहित्य तथा संस्कृति´ र चिसाप माधव साहित्य पुरस्कार – २०८० ज्ञानु अधिकारीको […]

महिनावारी स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम

भरतपुर, १५ भदौ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा रोटर्याक्ट क्लव अफ भरतपुरको संयुक्त आयोजनमा बालकुमारी कन्या मावि नारायणगढमा महिनावारी स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । बालकुमारी कन्या माविमा अध्ययनरत कक्षा ८, ९ र १० का छात्राहरुलाई कार्यक्रम लक्षित गरिएको थियो । लायन्स क्लव अफ नारायणगढ़ बालकुमारीका अध्यक्ष शेरबहादुर पौडेलले अध्यक्षता गरेको उक्त […]

युवा कवि विपिन पाठकको कवितासङ्ग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण

माडी, १५ भदौ । युवा कवि विपिन पाठकको पहिलो कवितासङ्ग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण भएको छ । माडीको नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा चर्चित रातोमाटे डाँडामा शुक्रबार माडी साहित्य परिवारले आयोजना गरेको कार्यक्रममा कृति लोकार्पण गरिएको हो । कार्यक्रममा चितवन, मकवानपुर, नवलपरासी र कैलालीका साहित्यसर्जकहरुको उपस्थिति रहेको थियो । माडी साहित्य परिवारका अध्यक्ष चन्द्रमणि महतो, माडी […]