रोकी राखिएको ट्रकमा मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु

चितवन, ११ भदौ ।
भरतपुर महानगरपालिका–३ स्थित पुुल्चोकमा रोकी राखिएको ट्रकसँग मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ना ५८ प ८५९४ नम्बरको मोटरसाइकल चालक रत्ननगर नगरपालिका–६ का २८ वर्षीय सरोज कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

मंगलबार राति करिब १ बजेको समयमा धादिङबाट आएर पुलचोकस्थित महानगरपालिकाको ढाट अगाडि कवाडी कर काट्न रोकेर राखेको मधेश प्रदेश ०३००१ ख ९४७३ नम्बरको ट्रकसँग गैंडाकोटतर्फ जाँदै गरेको उक्त मोटरसाइकल ठोकिँदा चालक कार्की गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला सरकारी अस्पताल पठाइएकोमा राति नै १ बजेर ३५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो ।

प्रहरीले ट्रक चालक धादिङको धुनिबेसी नगरपालिका–९ स्थित नौबिसेका ३१ वर्षीय सुदिप रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट