पुर्बेली समाज चितवनले मनायो स्थापना दिवस

भरतपुर, ११ भदौ । पुर्बेली समाज चितवनले १८ औँ स्थापना दिवस एक कार्यक्रम गरी मनाएको छ । समाजका अध्यक्ष तेजप्रसाद चुडालको अध्यक्षता र सल्लाहकार गायत्री श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समाजका कोषाध्यक्ष भवीन्द्र कन्दङ्वाले स्वागत मन्तव्य दिएका थिए । समाजका संस्थापक अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराई र सल्लाहकार नरेन्द्र कन्दङ्वाले पुर्बेली समाजको आवश्यकता र स्थापनाको […]
रोकी राखिएको ट्रकमा मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु
चितवन, ११ भदौ । भरतपुर महानगरपालिका–३ स्थित पुुल्चोकमा रोकी राखिएको ट्रकसँग मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना ५८ प ८५९४ नम्बरको मोटरसाइकल चालक रत्ननगर नगरपालिका–६ का २८ वर्षीय सरोज कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । मंगलबार राति करिब १ बजेको समयमा धादिङबाट आएर पुलचोकस्थित महानगरपालिकाको ढाट […]
सफल महिला विकास मञ्चको नेतृत्वमा चित्रा सुनारीमगर

गैंडाकोट, ११ भदौ । सफल महिला विकास मञ्च गैंडाकोटको पाँचौँ साधारणसभाले चित्रा सुनारीमगरको अध्यक्षतामा १३ जनाको कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । उपाध्यक्षमा देवी शाही, सचिवमा पूजाचन्द शाही, कोषाध्यक्षमा राममाया कँडेल, सहसचिवमा लक्ष्मी रावत र सदस्यहरूमा आशा विक, दिलकुमारी विक, गीता सापकोटा, निरु परियार, कोपिला सुवेदी, सिर्जना सापकोटा, मीना सापकोटा र भगवती सुवेदी चयन […]
कवि पाठकको `मरुभूमिमा वासन्ती याम´ भदौ १४ गते लोकार्पण हुँदै

चितवन, ११ भदौ । कवि विपिन पाठकको पहिलो कवितासङ्ग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण हुने भएको छ । भदौ १४ गते शुक्रबार दिउँसो ४ बजे माडी -४ स्थित रातोमाटे डाँडा (रेडहिल पार्क)मा मरुभूमिमा वासन्तीयाम लोकार्पण कार्यक्रम हुने भएको हो । इन्डिगो इन्क प्रालि काठमाडौंले कवि पाठकको पहिलो कृतिका रुपमा प्रकाशन गर्न लागेको कवितासङ्ग्रहमा ४० वटा कविता […]