कवि पाठकको `मरुभूमिमा वासन्ती याम´ भदौ १४ गते लोकार्पण हुँदै

चितवन, ११ भदौ ।
कवि विपिन पाठकको पहिलो कवितासङ्ग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण हुने भएको छ ।

भदौ १४ गते शुक्रबार दिउँसो ४ बजे माडी -४ स्थित रातोमाटे डाँडा (रेडहिल पार्क)मा मरुभूमिमा वासन्तीयाम लोकार्पण कार्यक्रम हुने भएको हो । इन्डिगो इन्क प्रालि काठमाडौंले कवि पाठकको पहिलो कृतिका रुपमा प्रकाशन गर्न लागेको कवितासङ्ग्रहमा ४० वटा कविता समेटिएको कवि पाठकले जानकारी दिए ।

सीमान्तकृतको आवाज, असमानताप्रतिको विद्रोह, कर्मीवर्गप्रतिको विशेष प्रेम, राजनीतिक विचलन, सुशासनका लागि खबरदारी, प्रकृति र वातावरण संरक्षणलगायतका सन्देशमुलक कवितासङ्ग्रहमा राखेको उनले बताए ।

६० को दशकदेखि कविता लेखनमा सक्रिय पाठक समाज, समसामयिक परिवेश र प्रकृतिलाई केन्द्रमा राखेर सिर्जना गर्न रुचाउँछन् । प्रगतिशील लेखक संघ चितवन शाखाका पूर्वअध्यक्ष कवि पाठक साहित्य सङ्गम चितवनका पूर्व सहसचिव पनि हुन् ।

माडीसहित विभिन्न एफएम रेडियोमा साहित्यिक कार्यक्रम प्रस्तोताका रूपमा अनुभव रहेका पाठक हाल विश्वप्रकाश मावि भरतपुरमा शिक्षण गर्छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट