सनराइजमा नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम

चितवन, ८ भदौ ।
सनराइज स्कुलले यस क्षेत्रका विद्यार्थीहरूका लागि महत्वपूर्ण अवसरको रूपमा सनराइज मोडल युनाइटेड नेसन्स नामक तीनदिने मेगा कार्यक्रमको उद्घाटन गरेको छ । कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि, प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालले गरेका थिए ।
उद्घाटनमा सनराइज स्कुल चितवन प्रा. लि. का अध्यक्ष हेमराज शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्याल, पीटीए अध्यक्ष माधव अर्याल, इस्टू चितवनका उपाध्यक्ष दिवाकर पौडेल लगायत विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमको अध्यक्षता सनराइज स्कुलका उपप्राचार्य भूमिराज तिवारीले गरेका थिए । यस बौद्धिक तथा कुटनीतिक अभ्याससहितको कार्यक्रममा चितवन र नवलपरासीका १२ विद्यालयका १२० विद्यार्थी सहभागी छन् ।
सनराइज मोडल युनाइटेड नेसन्समा महासचिवको भूमिका विवश पन्तले गरेका छन् । सहभागीहरूले तीन दिनसम्म ४ ओटा बिभिन्न समितिमा विविध एजेण्डामा घनीभूत बहस गर्नेछन् । यस कार्यक्रमले विद्यार्थीहरुमा नेतृत्व विकास, वार्तालाप कौशल र विश्वव्यापी चेतना जगाउने उद्देश्य लिएको १०+२ कार्यक्रम संयोजक जीवलाल चालिसेले जनाएका छन् ।
कार्यक्रमले विद्यार्थीहरूलाई विश्वव्यापी मुद्दाहरूमा अर्थपूर्ण संवादमा संलग्न हुने अवसर प्रदान गर्दै संयुक्त राष्ट्र संघका समितिहरूको बहस, छलफल र निर्णय हरूको शृंखला प्रस्तुत गर्ने छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट