२०८१ भदौ ९ गते आइतबारको कायाकैरन दैनिक (ePaper)
भ्रमण वर्षको अवसरमा धार्मिक महोत्सव हुने

चितवन, ८ भदौ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको संकल्प पूरा भएको बताएकी छन् । होटल व्यवसायी संघ चितवनको २८ औं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख दाहाले भ्रमण वर्षको अवसरमा पर्यटन प्रवद्र्धन हुने महत्वपूर्ण काम गरेको उल्लेख गरिन् । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटेबाघ हेर्ने सुविधा, भारतीय […]
सनराइजमा नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम

चितवन, ८ भदौ । सनराइज स्कुलले यस क्षेत्रका विद्यार्थीहरूका लागि महत्वपूर्ण अवसरको रूपमा सनराइज मोडल युनाइटेड नेसन्स नामक तीनदिने मेगा कार्यक्रमको उद्घाटन गरेको छ । कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि, प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालले गरेका थिए । उद्घाटनमा सनराइज स्कुल चितवन प्रा. लि. का अध्यक्ष हेमराज शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्याल, पीटीए […]
प्रदूषणमुक्त समाजका लागि साइकल

भरतपुर, ८ भदौ चितवन साइकल राइडर्स क्लबले चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ। क्लबका अध्यक्ष पदमबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी प्रमुख अतिथि थिए । क्लबका सल्लाहाकार निरञ्जन प्रधानले वातावरण, स्वास्थ्य र पर्यापर्यटनको लागि अनि प्रदूषणमुक्त समाज निर्माणको लागि साइकल संस्कृतिको विकास हुन जरुरी रहेको र चितवन […]
नवलपुरमा दुर्लभ रक्त समूह भएकाहरु संगठित

कावासोती, ८ भदौ । नवलपुर जिल्लामा दुर्लभ रक्त समूह भएकाहरु संगठित भएका छन् । दुर्लभ रक्त समूह भएकाहरु बिच एकापसमा भाइचाराको सम्बन्ध स्थापित गर्दै समन्वय र सहयोग गर्ने उदेश्यले संगठित भएको कार्यक्रमका संयोजक सोम सुवेदीले बताए । शनिबार कावासोतीमा आयोजित दुर्लभ रक्त समूह भएकाहरुको जिल्ला स्तरीय भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिति समेत गठन गरिएको छ […]
अनायासका गजलमा सुशासनको अपेक्षा

भरतपुर, ८ भदौ । भरतपुरमा शनिबार साँझ युवा गजलकार रामकृष्ण अनायासको `गजल साँझ´ आयोजना गरियो । चौबीसकोठी नजिकै होटल शुभम एण्ड हस्पिटालिटीमा अक्षर समूह चितवनले आयोजना गरेको कार्यक्रममा गजलकार अनायासले १२ वटा गजल प्रस्तुत गरे । गजल सुन्न युवापुस्तादेखि पाका स्रस्टासम्मको उपस्थिति थियो । खचाखच माहोललाई सम्बोधन गर्दै गजलकार अनायासले छोरीको नाममा लेखिएको गजल सुनाए […]
रोपाइँ जात्राको रुट सार्वजनिक

भरतपुर, ८ भदौ । नारायणी कला मन्दिर नारायणगढले सोमबार आयोजना गर्न लागेको रोपाइँ जात्राको रुट सार्वजनिक गरिएको छ । कला मन्दिरले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जात्राको रुट सार्वजनिक गरेको हो । सोमबार दिउँसो २ बजे नारायणी कला मन्दिर परिसरबाट सुरु हुने रोपाइँ जात्रा बालकुमारी स्कुलचोक, मिलनरोड, सहिदचोक, पुलचोक, मेनरोड, लीलाचोक, दियालोरोडहुँदै नारायणगढ बसपार्क पुग्नेछ […]
रत्ननगरमा ४ वटा कृति लोकार्पण

रत्ननगर, ८ भदौ । पूर्वी चितवनमा ४ वटा पुस्तक लोकार्पण गरिएको छ । धनराज गिरीका दुईवटा पुस्तक `पाखण्ड पुराण´ व्यङ्ग्यसङ्ग्रह र `निर्विषा´ छन्दकवितासङ्ग्रह, लक्ष्मण अर्यालको `दुर्बिन´ लघुकथासङ्ग्रह र गीता लामिछानेको `सुकुमेलको बास्ना´ कथासङ्ग्रह लोकार्पण गरिएको हो । वाल्मीकि साहित्य सदनको आयोजना र रत्ननगर उद्योग वाणिज्य सङ्घको सह-आयोजनामा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीसहित रामबाबु घिमिरे, […]
लायन्स क्लब अफ चितवन वाङमयद्वारा अक्षयकोष स्थापना

गैंडाकोट, ८ भदाै । लायन्स क्लब अफ चितवन वाङमयले शनिबार एक समारोहका बीच गैंडाकोट नगरपालिका वडा नम्बर ६ मा रहेको भाग्योदय प्राथमिक विद्यालयमा जगदीश-पार्वती स्मृति अक्षयकोष स्थापना गरेको छ । लायन्स क्लब अफ वाङमय चितवनका अध्यक्ष सुजन अधिकारीले आफ्ना स्वर्गीय पिता जगदीश अधिकारी र माता पार्वती अधिकारीको स्मृतिमा स्थापना गरेको अक्षय कोषमा १ लाख ११ […]
वेब सिरिज ‘कलिलाे मन’ निर्माण सुरु, पहिलाे एपिसाेडकाे ट्रेलर सार्वजनिक

भरतपुर, ८ भदाै चितवनका युवाहरूकाे समूहले नेपाली वेब सिरिज ‘कलिलाे मन’ निर्माण प्रारम्भ गरेका छन् । सूर्यतारा फिल्म्स र मिजार पकेट फिल्म्सले संयुक्तरूपमा कलिलाे मन प्रस्तुत गर्न लागेकाे हाे । नवनिर्देशक पाभेल जेभियरले निर्देशन गरेकाे सिरिजकाे पहिलाे एपिसाेड छायाँकन सकिएर ट्रेलर सार्वजनिक गरिएकाे छ । केही दिनमै पहिलाे एपिसाेड सार्वजनिक हुने उनले बताए । सूर्यतारा […]