आँबुखैरेनी नजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खस्यो

तनहुँ, ७ भदौ ।
आँबुखैरेनी नजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । आबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा ११:३० बजेतिर बस खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

भारतीय तीर्थयात्री सवार उक्त बसमा ४० जना यात्रु रहेको प्रारम्भिक विवरण छ । अहिले आँबुखैरेनीमा रहेको प्रहरी टोलीसहित स्थानीय बासिन्दाले उद्धारको काम गरिरहेका छन् ।

घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिङ सडक खण्डमा पर्छ । बस नदीको छेउमा छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट