भ्यानको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु

चितवन, ३० साउन ।
भरतपुर महानगरपालिका–९, शिवालय मन्दिर नजिक मिनि भ्यानले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८, गौरीगन्जकी ६१ वर्षीया विष्णुकला गौतम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार दिउँसो भित्री सडकखण्डमा ना ५ च १०५३ नम्बरको मिनि भ्यानले ना ५६ प ४११५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडी सवार गौतम गम्भिर घाईते भएकी थिईन् । घाइते गौतमलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा दिउँसो १ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यान चालक गैंडाकोट नगरपालिका–५ का २६ वर्षीय विष्णुकान्त अधिकारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट