युवा संजालको मैत्रीपूर्ण फुटसल

भरतपुर, २६ साउन ।

भरतपुर महानगर युवा संजालद्वारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार राति सम्पन्न खेलमा अन्तर वडा क्लव पुरुष फुटसलको उपाधि वडा नम्बर ५ ले जितेको छ भने अन्तर संघसंस्था एवम् अन्तर वडा क्लव महिला फुटसलको उपाधि वडा नम्बर २३ ले जितेको छ । पुरुषतर्फ वडा नम्बर २२ दोश्रो भयो भने महिलातर्फ सोच परिवर्तन नेपालले दोश्रो स्थान प्राप्त ग¥यो ।

खेल संयोजक हिरालाल आचार्य ‘डायमण्ड’ले विजेताहरुलाई पुरस्कार भने साउन २८ गतेको महानगरसँग युवा कार्यक्रमका दिन प्रदान गरिने बताए । भरतपुर महानगरपालिकाको सहकार्यमा युवा सञ्जालले अगस्ट १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाइरहेको छ । सोही सप्ताहव्यापी कार्यक्रमको समापन २८ गते हुँदैछ । उक्त दिन भरतपुर महानगर प्रमुख रेनु दाहाल र भरतपुरका युवाबीच अन्तक्र्रिया एवम् प्रश्नोत्तर कार्यक्रम हुने छ ।

फुटसलमा प्रथम हुनेलाई ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्वितीय हुनेलाई ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक आचार्यले बताए ।

फुटसल प्रतियोगितमा सेन्ट्रल कलेजको मुख्य सहयोग रहेको थियो । प्रेसिडेन्सी कलेज र एसडीटेक कम्पनी सहयोगी संस्थाका रुपमा रहेका थिए ।

भरतपुर महानगर युवा संजाल नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्बाट संचालित १६–२४ वर्ष समुहका युवाहरुको समूह हो । भरतपुर महानगर युवा संजाल भरतपुर महानगरपालिकाको संरक्षणमा रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट