सन्तोषजनक छैन सामुदायिक विद्यालयको नतिजा

भरतपुर, २६ साउन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक नभएको बताएकी छन् । शैक्षिक क्षेत्रमा राज्यको लगानीअनुसारको प्रतिफल नआएको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनको भवन उद्घाटन गर्दै नगर प्रमुख दाहालले निजीको तुलनामा सामुदायिक विद्यालयको नतिजा हेर्दा सन्तोषजनक नभएको बताएकी हुन् । […]
इच्छाकामना चेम्बर अफ कमर्सको अध्यक्षमा अस्मिनकुमार लम्साल चयन

कुरिनटार, २६ साउन । इच्छाकामना चेम्बर अफ कमर्सको अध्यक्षमा अस्मिनकुमार लम्साल चयन भएका छन् । शनिबार सम्पन्न प्रथम साधारण सभाले लम्सालको अध्यक्षतामा हाललाई १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । चुम्लिङटारमा भएको कार्यक्रमबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा तेजकृष्ण प्रजापति, उपाध्यक्षमा मोदराज सिलवाल, महासचिवमा माधवप्रसाद पोखरेल, सचिवमा लक्ष्मी कँडेल र कोषाध्यक्षमा कमला भुजेल चयन भएका छन् । […]
पर्यटन प्रवर्द्धनमा बागमतीका मुख्यमन्त्री लामाको प्रतिबद्धता

मकवानपुर, २६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकार तयार रहेको बताएका छन् । होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । मुख्यमन्त्री लामाले प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएकोले आफ्नो पालामा त्यस्तो गल्ती […]
युवा संजालको मैत्रीपूर्ण फुटसल

भरतपुर, २६ साउन । भरतपुर महानगर युवा संजालद्वारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार राति सम्पन्न खेलमा अन्तर वडा क्लव पुरुष फुटसलको उपाधि वडा नम्बर ५ ले जितेको छ भने अन्तर संघसंस्था एवम् अन्तर वडा क्लव महिला फुटसलको उपाधि वडा नम्बर २३ ले जितेको छ । पुरुषतर्फ वडा नम्बर २२ दोश्रो भयो […]
अङ्कुरम् एकेडेमीमा नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम

भरतपुर, २६ साउन । भरतपुर–७, कृष्णपुरस्थित ‘क’ वर्गको अङ्कुरम् एकेडेमीमा पहिलो संस्करणको ‘अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सुरू भएको छ । कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले बिरूवामा पानी हालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले अङ्कुरम् […]
छानाबाट खसेर कामदारको मृत्यु
भरतपुर, २६ साउन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–११ मा २ तले घरको छानाबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा जिल्लाको निस्दी गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–५, दुर्गाचोक डेरा गरी बस्ने २० वर्षीय होम बहादुर सारु रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा सारु २ […]
हेटौंडामा भदौ ३ गते सिस्नुपानीको गाइजात्रा हुने

मकवानपुर, २६ साउन । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यंग्यात्मक गाइजात्रा कार्यक्रम गर्ने भएको छ । सिस्नुपानी मकवानपुरको आयोजना तथा हेटौडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको प्रवद्र्धनमा कार्यक्रम गरिने शनिबार हेटौंडामा पत्रकार भेटघाट आयोजना गरी जानकारी गराइएको हो । सिस्नुपानी मकवानपुरले ४ नम्बर वडा कार्यालयको सहयोग तथा समन्वयमा कविता, प्यारोडी गायन, समसामयिक राजनीति र सामाजिक क्षेत्रका विकारका […]
पठन संस्कृति अभियानको ५ औँ शृङ्खलामा ८ वटा किताबको चर्चा

गैंडाकोट, २६ साउन । पठन संस्कृति अभियानको ५ औँ शृङ्खलामा ८ जना सहभागीले विभिन्न किताब पढेर टिप्पणी राखेका छन् । उदय अधिकारी, प्राञ्जल पौडेल, बेलु दराइ, इन्द्रराज पौडेल, विप्लव कुँवर, सन्देश घिमिरे, सरस्वती तिमिल्सिना र कृष्णदास घिमिरेले आफूले हालसालै पढेका पुस्तक बारेमा टिप्पणी राखेका हुन् । विजय विकास स्रोत केन्द्रको चेतना सदनमा शनिबार बिहान भएको […]