छानाबाट खसेर कामदारको मृत्यु

भरतपुर, २६ साउन ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–११ मा २ तले घरको छानाबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा जिल्लाको निस्दी गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–५, दुर्गाचोक डेरा गरी बस्ने २० वर्षीय होम बहादुर सारु रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा सारु २ तले घरमाथि ट्रसको काम गर्ने क्रममा लडेर घाइते भएका थिए । घाइते सारुलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा बेलुका ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट