पर्यटन प्रवर्द्धनमा बागमतीका मुख्यमन्त्री लामाको प्रतिबद्धता

मकवानपुर, २६ साउन ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकार तयार रहेको बताएका छन् । होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

मुख्यमन्त्री लामाले प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएकोले आफ्नो पालामा त्यस्तो गल्ती नगर्ने बताए । उनले पर्यटकीय गन्तव्य स्थलहरुको निर्माण गरेर पर्यटकलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।

मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरु नेपाल आउने भएकाले उनीहरुको चाहना अनुसारको गन्तव्य स्थलहरुको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने बताए । उनले व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । लामाले पर्यटकहरुलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट