सागर गैरेको `मोहोर´ उपन्यास सार्वजनिक

कोहलपुर, १९ साउन ।
सागर गैरेको उपन्यास `मोहोर´ एक कार्यक्रमबीच विमोचन भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य तथा साहित्यकार प्रा.डा. कृष्णप्रसाद घिमिरेले गैरेको उपन्यास मोहोर विमोचन गरेका हुन् ।

प्रा.डा. जनार्दन आचार्य तथा प्राध्यापक हरिप्रसाद तिमल्सिना मोहोर पुस्तकको मुख्य वक्ता रहेको कार्यक्रममा प्राडा आचार्यले यो उपन्यासले तत्कालीन समयको सामाजिक, आर्थिक तथा ऐतिहासिक पक्षलाई समेट्न सफल भएको बताए ।

कार्यक्रममा समालोचक हरिप्रसाद तिमिल्सिनाले मोहोर उपन्यासमा केही नयाँ प्रयोग समेत भएको बताए । उपन्यास राम्रो बनेको छ र अझै राम्रो बनाउन सकिन्थ्यो भन्दै उनले प्राप्त प्रतिक्रियाहरूमाथि गम्भीर हुन आग्रह गरे ।

लेखक सागर गैरेले मोहोरमा आफ्नै कथा लेखेको दाबी गरे । `मैले मेरै कथा लेखेँ । मेरो छट्पटी र उकुसमुकुस लेखेँ । उपन्यास वा कथाको सिद्धान्तलाईभन्दा मेरा बुबाको अनुभव र अनुभूतिलाई लेख्ने प्रयास गरेँ । आख्यान लेखनमा मेरो यो पहिलो अनुभव भएकोले पनि आफूलाई उत्साहित बनाएको छु´ गैरेले भने ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्राज्ञ महानन्द ढकाल , खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेत, मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष विपि अस्तु, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला, पुराना साहित्यकार गणेश जिसी, उपन्यासकार किरण आचार्य, जितबहादुर शाह, भरतबहादुर रानाभाट , पुष्पमणि प्रधान, पुष्कर रिजाल, विश्व साहित्य समाज नेपालकी अध्यक्ष कल्पना पौडेल, भीमबहादुर शाही, चरित्रा शाह, नवीन अभिलाषी, लेकप्रसाद प्याकुरेल, पद्मा रिजाल, दिपिन सिजापती, धिरेन अनुपम, प्रेमप्रकाश पुन एवम् लेखका पिता उपन्यासका नायक घनश्याम गैरेलगायत करिव डेढ सयबढी साहित्यकार तथा शुभचिन्तकहरूको उपस्थिति थियो ।

कानुनी सल्लाहकार सन्तोषी विष्टको स्वागत र बद्री ढकाल हिरामणिले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट