सागर गैरेको `मोहोर´ उपन्यास सार्वजनिक

कोहलपुर, १९ साउन । सागर गैरेको उपन्यास `मोहोर´ एक कार्यक्रमबीच विमोचन भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य तथा साहित्यकार प्रा.डा. कृष्णप्रसाद घिमिरेले गैरेको उपन्यास मोहोर विमोचन गरेका हुन् । प्रा.डा. जनार्दन आचार्य तथा प्राध्यापक हरिप्रसाद तिमल्सिना मोहोर पुस्तकको मुख्य वक्ता रहेको कार्यक्रममा […]
उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्न डिआईजी केसीको निर्देशन

भरतपुर, २९ साउन । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख नायब महानिरीक्षक (डिआईजी) बिष्णु केसीले जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय चितवनको स्थलगत निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन दिएका हुन् । निरीक्षणपश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै डिआईजी केसीले […]
कक्षा १२ को परीक्षामा परमानन्द गुरुकुलमा श्रीधर पाण्डेय संस्कृततर्फ नेपाल प्रथम

देवघाटधाम, १९ साउन । २०८१ सालको कक्षा १२ को परीक्षामा देवघाटधाममा रहेको परमानन्द संस्कृत गुरुकुल संस्कृततर्फ देशभरका गुरुकुलहरूबाट ३.७६ जिपिएसहित सर्वोत्कृष्ट हुन सफल भएको छ । गुरुकुलमा अध्ययनरत श्रीधर पाण्डेय संस्कृततर्फ नेपाल प्रथम भएका छन् । साथै गुरुकुलमा अध्ययनरत १७ जना छात्रहरू A+ र A ग्रेडमा उत्तीर्ण भएका हुन् । लामाे समयदेखि संस्कृत विषय पढाउँदै […]
काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ सार्वजनिक

काठमाडौं, १९ साउन । साहित्यकार कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ सार्वजनिक भएकाे छ । शनिबार काठमाडौंमा आयाेजित एक कार्यक्रमका बीच ‘अशान्त धड्कन’ को लाेकार्पण गरिएको हो । प्राडा माधवप्रसाद पाेखरेल, साहित्यकार नवराज लम्साल, काफ्लेकी आमालगायतले मुक्तकसङ्ग्रहकाे लाेकार्पण गरेका हुन् । दुई सय बढी मुक्तक समावेश गरिएकाे सङ्ग्रहमा विकृति, विसंगतिहरू, मायाप्रेमलगायतका भावयुक्त मुक्तक समेटिएका छन् । […]
कक्षा १२ मा भीमसेन आदर्श माविको उत्कृष्ट नतिजा

देवचुली, १९ साउन । देवचुली नगरपालिका वडा नम्बर ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा सहभागी भएका १८६ जना विद्यार्थीमध्ये १३४ जना विद्यार्थीहरुले कक्षा १२ उतीर्ण गरेका छन् । कक्षा १२ को नतिजामा सामुदायिक विद्यालयमा नवलपुर जिल्ला […]
वाग्लेको कवितासङ्ग्रह `उपहार´ सार्वजनिक

भरतपुर, १९ साउन । कवि ब्रह्मदत्त वाग्लेको कवितासङ्ग्रह `उपहार´ विमोचन भएको छ । कविहरू गोविन्दराज विनोदी, रामबाबु घिमिरे, श्रीभक्त अच्युत वाग्ले, गीता वाग्ले, केदारनाथ खनाललगायतले कृति विमोचन गरेका हुन् । चितवन साहित्य प्रतिष्ठानबाट प्रकाशित कृतिलाई तारा वाग्लेले प्रकाशन सहयोग गर्नुभएको हो । कृतिमा ६३ वटा कविता छन् । शनिबार चितवन साहित्य परिषद् भवनमा उपहार पुस्तकको […]
अधिकारीको नियात्रासङ्ग्रह ‘संयात्राको संयोग’ सार्वजनिक

मकवानपुर, १९ साउन । अग्रज स्रस्टा रमेशमोहन अधिकारीको नियात्रासङ्ग्रह ‘संयात्राको संयोग’ सार्वजनिक भएको छ । शनिबार हेटौंडामा अधिकारीको नियात्रासङ्ग्रह सार्वजनिक भएको हो । झरना साहित्यिक परिवारको ३०६औं साहित्य श्रृङ्खलामा अधिकारीकाे कृति विमोचन गरिएकाे हाे । अधिकारीको नियात्रासङ्ग्रहमाथि साहित्यकार दीपक गौतम र रजनी पौडेलले समीक्षा गरेका थिए । अधिकारीको यो पाँचौँ कृति हो । यसअघि अधिकारीका […]
देवचुली नगरपालिकामा आइतबार शोक बिदा
देवचुली, १९ साउन । देवचुली नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । शैक्षिक संस्थाबाहेक नगर कार्यपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा दिइएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए । देवचुली नगरपालिका वडा नम्बर ५ बन्दिपुर आधारभूत स्वास्थ्य केन्द्रमा अनमी चौथो तहमा कार्यरत सरिता घतानेको असामयिक निधनको शोकमा नगरपालिकाले साउन २० गते आइतबार शोक बिदा दिएको […]
न्यौपानेद्वारा लिखित पुस्तक `ज्ञानको बाटो समातौँ´ सार्वजनिक

देवचुली, १९ साउन । देवचुली नगरपालिका वडा नम्बर- ११ निवासी दुर्गाप्रसाद न्यौपानेद्वारा लिखित पुस्तक `ज्ञानको बाटो समातौँ´ सार्वजनिक भएको छ । सरस्वती अर्याल, मीना अधिकारी र भानु न्यौपानेले प्रकाशन गरेको उक्त पुस्तकको श्री १००८ स्वामी स्वरुपानन्द सरस्वतीजी महाराजले विमोचन गरेका हुन् । जीवनका आम भोगाइलाई पुस्तकमा उतारेका न्यौपानेले आफ्ना अनुभव, अनुभूतिहरुसमेत प्रस्तुत गरेका छन् ।जीवनकालमा […]
हेटौंडामा डेङ्गुविरुद्ध सचेतना अभियान

मकवानपुर, १९ साउन । मकवानपुरको हेटौंडामा डेङ्गुविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ । `आफू बचौँ र अरुलाई पनि बचाऔँ´ भन्ने नाराका साथ हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामाडेङ्गुविरुद्ध सचेतनामूलक अभियान सुरु गरिएको हो । हेटौंडा ४ नम्बर वडाले सरोकारवाला निकायको संयुक्त प्रयासमा हेटौंडामा शुक्रबारस चेतनामूलक र्याली सहित अभियान सुरु गरेको हो । स्वास्थ केन्द्र, […]
न्यौपानेको जन्मदिनमा विद्यार्थीलाई पोशाक र किताब

माडी, १९ साउन । भरतपुर महानगरपालिका-८ बाइसबिगाहा निवासी कृष्णप्रसाद न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीहरूलाई विद्यालय पोशाक र मुना, युवामञ्च पत्रिका उपलब्ध गराएका छन् । भरतपुर-७ बुद्धचोकमा रहेको कृति फोटो स्टुडियोका सञ्चालक न्यौपानेले माडी नगरपालिका-४ मा रहेको श्री खैरहनी माध्यमिक विद्यालयका कक्षा १ देखि ८ सम्मका १/१ जना गरी ८ जना जेहेन्दार छात्रलाई विद्यालय पोशाक […]
दिव्यज्योति आधारभूत विद्यालयलाई डाक्टर परिवारको अक्षयकोष हस्तान्तरण

देवचुली, १९ साउन । श्री दिव्यज्योति आधारभूत विद्यालयले शैक्षिक शत्र २०८१ को प्रथम त्रैमासिक परीक्षाको परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । सोही अवसरमा विद्यार्थीको शैक्षिक विकासका लागि स्थापना गरिएको अक्षयकोष पनि विद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर […]