कक्षा १२ को परीक्षामा परमानन्द गुरुकुलमा श्रीधर पाण्डेय संस्कृततर्फ नेपाल प्रथम

देवघाटधाम, १९ साउन ।
२०८१ सालको कक्षा १२ को परीक्षामा देवघाटधाममा रहेको परमानन्द संस्कृत गुरुकुल संस्कृततर्फ देशभरका गुरुकुलहरूबाट ३.७६ जिपिएसहित सर्वोत्कृष्ट हुन सफल भएको छ ।

गुरुकुलमा अध्ययनरत श्रीधर पाण्डेय संस्कृततर्फ नेपाल प्रथम भएका छन् । साथै गुरुकुलमा अध्ययनरत १७ जना छात्रहरू A+ र A ग्रेडमा उत्तीर्ण भएका हुन् ।

लामाे समयदेखि संस्कृत विषय पढाउँदै आइरहेको परमानन्द संस्कृत गुरूकुल लगातार ४ वर्षदेखि संस्कृततर्फ नेपाल प्रथम भैरहेकाे छ ।

उक्त गुरुकुलमा अध्ययनरत सम्पूर्ण छात्रहरूलाई गुरुकुलले पूर्णरूपमा नि:शुल्क शिक्षा दिँदै आइरहेको गुरुकुलका प्राचार्य विमलानन्द सरस्वतीजीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट