स्वतन्त्र उम्मेदवारको गाडीमा आक्रमण

भरतपुर, १८ मंसिर ।
प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रवेश अधिकारीले आफ्नो चुनाव प्रचारप्रसार गर्ने गाडीमाथि आक्रमण भएको बताएका छन् ।

सोमबार अन्तिम चुनावी प्रचारमा खटिएको गाडीमा वाम गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको आरोप अधिकारीले लगाए । क्षेत्र नम्बर ३ को चनौली क्षेत्रमा प्रचारप्रसारमा खटिएको बा. १३ च १३२९ नम्बरको स्कोरपियो गाडीमा मिलनचोकमा आक्रमण गरी सामान्य क्षति पु¥याएको फोनमार्फत अधिकारीले जानकारी गराए ।

“हाम्रा साथीहरु माइकिङसहित अघि बढिरहेका थिए”, उनले भने, “चोकमा रहेका वाम गठबन्धनका कार्यकर्ताले एक्कासि माइकिङ बन्द गर भन्दै आक्रमण गरे ।” उनले निर्वाध चुनाव प्रचार गर्न पाउने सबै उम्मेदवारको अधिकार भएपनि ठूला दलले दादागिरी देखाएको भन्दै विरोध जनाएका छन् ।

कलम चुनाव चिह्न लिएर अधिकारी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विक्रम पाण्डेसँगै चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट