चितवन बारका पूर्व अध्यक्षको अपिल-पोखरेललाई अत्यधिक बहुमतले जिताउ

१८ मन्सिर ।

चितवन जिल्ला अदालत बार एसोसिएसनका पूर्व अध्यक्षहरुले  चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहेका कृष्णभक्त पोखरेललाई अत्यधिक बहुमतले जिताउन आव्हान गरेका छन ।

आज एक अपिल प्रकाशित गर्दै चितवन बारका पूर्व अध्यक्ष एवम् अधिवक्ता कृष्णभक्त पोखरेललाई  अत्यधिक बहुमतले जिताउन हार्दिक अपिल गरेका हुन । वाम गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं. २ मा सूर्य चिन्ह लिएर उम्मेदवारी दिएका पोखरेलको पक्षमा अपिल प्रकाशित गर्नेहरुमा पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, पूर्व अध्यक्ष अधिवक्ता प्रकाश रेग्मी, पूर्व अध्यक्ष अधिवक्ता जगन्नाथ भण्डारी, पूर्व अध्यक्ष अधिवक्ता राजकुमार श्रेष्ठ र वर्तमान अध्यक्ष एवम् अधिवक्ता गोपिलाल देवकोटा रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट