उपचार गर्न आएका बिरामीको झ्यालबाट खसेर मृत्यु

भरतपुर, ३ असार ।
भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गर्न आएका एक बिरामीको तेस्रो तलाको झ्‍यालबाट खसेर एक मृत्यु भएको छ । बिहीबार करिब ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिका-२, घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

मृतक मगर पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न पुगेका थिए । उनका अनुसार दृष्टिविहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि हस्पिटलमा राखिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट